झापाको भद्रपुरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, एक घाइते

झापाको भद्रपुरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, एक घाइते
+
-

झापा– झापाको भद्रपुर नगरपालिका–५, भद्रपुर बजारस्थित भित्री सडकखण्डमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गोली प्रहार गरी एक कारोबारीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीको गोली लागेर घाइते भएका ती कारोबारीको साथबाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन बरामद भएको छ।
शनिवार दिउँसो करिब ३ः५० बजे जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका भारत, किसनगञ्ज जिल्ला कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लामलाई देख्नेबित्तिकै नियन्त्रणमा लिने प्रयास गरेको थियो।

प्रहरीलाई देख्नेबित्तिकै इस्लामले प्रहरीमाथि नै आक्रमण गरी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट २ राउण्ड गोली प्रहार गरेको थियो। जसमध्ये एक राउण्ड गोली उनको बायाँ खुट्टाको घुँडामुनि लागेको छ।

घाइते इस्लामको साथबाट प्लास्टिकसहित ११० ग्राम २०० मिलिग्राम र प्लास्टिकबाहेक १०७ ग्राम १०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइते इस्लामको प्रहरी निगरानीमा प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?