करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु
+
-

राजविराज (सप्तरी) –सप्तरीको खडक नगरपालिका९११ मा करेन्ट लागेर स्थानीय ५८ वर्षीय मो युनुस मियाँको मृत्यु भएको छ।

आज आफ्नै खेतमा पानी पठाउने क्रममा पानी तान्ने विद्युत्बाट चल्ने मोटरमा करेन्ट लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए। उनका अनुसार करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

साथै जिल्लाको कञ्चनरुप नगरपालिका–१ बैरवामा १७ वर्षीया किशोरीको आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थमा शव भेटिएको छ। स्थानीय अमोद पुर्वेकी छोरी ज्योतिकुमारी पुर्वेको शव कोठामा झुन्डिएको अवस्थमा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यसैगरी बिहीबार साँझदेखि हराइरहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ बस्ने २७ वर्षीय शिक्षक रामकिसुन राय मृत अवस्थामा फेला परेका छन्। घरबाट करिब ५०० मिटर टाढा रहेको कोशी नहरको छेउमा आज बिहान रायको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?