खडेरीको चपेटामा ‘धान सुपरजोन’ झापा पनि, १४ हजार हेक्टर जमिन बाँझै

खडेरीको चपेटामा ‘धान सुपरजोन’ झापा पनि, १४ हजार हेक्टर जमिन बाँझै
+
-

झापा – देशको प्रमुख अन्नबाली उत्पादनको मुख्य जिल्ला भनेर चिनिएको झापा जिल्ला यस वर्ष न्यून वर्षाका कारण खडेरीको चपेटामा परेको छ। पर्याप्त मनसुनी वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ भने करिब १४ हजार हेक्टर खेतीयोग्य जमिन अझै बाँझै रहेको छ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार, साउन ११ गतेसम्म झापामा कुल ८१.६ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। जसका कारण १३ हजार ९८५ हेक्टर जमिनमा अझै रोपाइँ हुन सकेको छैन।

गत वर्ष यसै अवधिसम्म ९२.४ प्रतिशत रोपाइँ सकिएको थियो, जसले यस वर्षको अवस्थालाई थप चिन्ताजनक बनाएको छ। विष्टले वर्षाको अभावमा धेरै किसानहरूले रोपाइँ गर्न नसकेको बताए।

झापामा कुल ९८ हजार ७१६ हेक्टर खेतीयोग्य जमिनमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुँदै आएको छ। तर, जिल्लाको कुल भूभागको ५०.५३ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ, जबकि बाँकी क्षेत्रका किसानहरू आकाशे पानीमा पूर्ण रूपमा निर्भर छन्।

मोटर प्रयोग गरेर रोपाइँ गर्ने किसानहरूले केही राहत पाए पनि आकाशे पानीको भरमा रहेका किसानहरूको खेत भने अझै बाँझै छन्। यसले धान उत्पादनमा कमी आउने चिन्ता बढाएको छ।

झापा जिल्लालाई ‘धान सुपरजोन’ को रूपमा पनि घोषणा गरिएको छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा धानको योगदान करिब ५ प्रतिशत रहेको छ भने कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा धानको योगदान करिब २० प्रतिशत छ।

झापाले नेपालको कुल धान उत्पादनमा महत्त्वपूर्ण हिस्सा ओगट्छ, विशेषगरी तराई क्षेत्रमा कुल धान खेती हुनेमध्ये करिब ८० प्रतिशत क्षेत्रफल पर्दछ। झापा नेपालमा सबैभन्दा बढी धान उत्पादन गर्ने जिल्लाहरूमध्ये एक हो।

यस वर्षको खडेरीले झापाको धान उत्पादनमा प्रत्यक्ष असर पर्ने र यसले समग्र राष्ट्रिय अन्न भण्डारमा समेत प्रभाव पार्न सक्ने सम्भावना बढेको छ।

किसानहरू अहिले पनि आकाशे पानीको प्रतीक्षामा छन् भने सरकारबाट राहत र सिँचाइको वैकल्पिक व्यवस्थाका लागि अपेक्षा गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?