
काठमडाैँ – नेपाल वायुसेवा निगमलाई भारतको नयाँदिल्लीमा आयोजित 10th International Tourism Conclave & Travel Awards (ITCTA) 2025 का अवसरमा Best Airlines on Nepal Route को प्रतिष्ठित अवार्डद्धारा सम्मानित गरिएको छ।
नयाँ दिल्लीस्थित होटल ले मेरीडियनमा भव्य समारोहबीच २०२५ जुलाई २६ का दिन सम्पन्न उक्त अवार्ड समारोहमा ICM Group का अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम वानीद्वारा संयुक्त रूपमा निगमलाई उक्त सम्मान प्रदान गरिएको हो।