साउन २४ देखि २८ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी हुने

साउन २४ देखि २८ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी हुने
+
-

काठमाडौँ – नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन २४ देखि २८ गतेसम्म प्रदर्शनी हुने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले सोमबार पत्रकार सम्मेलन गरी उक्त प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ।

कार्यक्रमको सञ्चालन नाइमाका कार्यकारी निर्देशक, राजकुमार दुलालले गरेका थिए भने अटो एक्स्पो समितिका सदस्य गौरव सारडाले उद्घाटन मन्तव्यमा एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिएका थिए।

सोल्टी होटलको सुरसुधा हलमा आयोजित सम्मेलनमा कार्यक्रमबारे विस्तृत जनकारी दिँदै अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना गरिने र त्यहाँको भौतिक पूर्वाधारमा गरिएको सुधार (विशेषतः जल निकासी, अपांगमैत्री पूर्वाधारजस्ता व्यवस्था उल्लेखनीय रहेको बताए।

उनले यसपालि नयाँ प्रविधि र मोडल सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधान प्रदर्शनीमा राखिने जानकारी दिए। प्रदर्शनीमा १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे र ५ वटा कमर्सियल गाडी सार्वजनिक हुने उनले बताए।

त्यसपश्चात् मूख्य प्रायोजक संस्थाहरू ( एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै, एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?