मधेश प्रदेशमा खानेपानीको चरम सङ्कट, वैकल्पिक उपाय पनि भएन प्रभावकारी (तस्बिरहरू)

मधेश प्रदेशमा खानेपानीको चरम सङ्कट, वैकल्पिक उपाय पनि भएन प्रभावकारी (तस्बिरहरू)
+
-

महोत्तरी – मधेश प्रदेशमा लामो समयदेखिको खडेरीका कारण खानेपानीको चरम सङ्कट उत्पन्न भएको छ। वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने परम्परागत पानीका स्रोतहरू—कुवा, इनार र चापाकल—सुक्दा जनजीवन थप कष्टकर बनेको छ।

खानेपानीको अभाव टार्न स्थानीय र प्रदेश सरकारले दमकल तथा ट्याङ्करमार्फत बस्तीबस्तीमा पानी वितरण गरिरहेका छन्। तर, यो पहल पर्याप्त नहुँदा समस्या समाधान हुन सकेको छैन।

विशेषगरी महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ। जिल्लाको मनराशिसवा नगरपालिकाका दशवटै वडाका स्थानीयहरू अहिले खानेपानीको सङ्कट भोगिरहेका छन्।

सो नगरपालिकाको वडा नम्बर १ मा अवस्थित चौरिया टोलका सबै चापाकल, इनार र कुवा सुकेपछि स्थानीयहरू नगरपालिकाले वितरण गरेको ट्याङ्करको पानीको भरमा दैनिकी चलाउन बाध्य छन्।

स्थानीय राम प्रवेश महराले पिउन र खाना पकाउनका लागि समेत पालिकाले बाँडेको पानीमा भर पर्नुपरेको बताए। अर्का स्थानीय गगनदेव यादवले पानी ल्याउने ट्याङ्कर कहिलेकाहीँ राति ११-१२ बजेतिर आउने र त्यतिबेला उठेर पानी भर्नुपर्ने बाध्यता सुनाए।

यद्यपि, सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको जनता माध्यमिक विद्यालय क्षेत्रभित्रको डिप बोरिङ स्थानीयका लागि खुला गरिएपछि केही राहत महसुस भएको छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?