सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३५० भन्दा बढी अभिकर्ताको सहभागितामा ‘सन एचिभर्स नाइट २०८२’ सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३५० भन्दा बढी अभिकर्ताको सहभागितामा ‘सन एचिभर्स नाइट २०८२’ सम्पन्न
+
-

काठमाडौँ – जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्न समर्पित अभिकर्ताहरूको मेहनत र योगदानको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न गरेको छ।

कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट हुने अभिकर्ताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। MDRT २०२५, सर्वाधिक बीमालेख बिक्री, व्यक्तिगत तथा टिम व्यवसायमा सर्वाधिक बीमाशुल्क सङ्कलन, सर्वाधिक अभिकर्ता सक्रियता लगायतका विभिन्न विधामा अब्बल हुने अभिकर्ताहरूलाई सम्मान गरिएको हो।

साथै, कम्पनीले व्यवसायका आधारमा अभिकर्ताहरूलाई शुक्र, चन्द्र, मंगल तथा दी सन क्लब मा वर्गीकरण गरी सोहीअनुसारको सम्मान पनि गरेको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईलगायत वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरूको व्यक्तित्व विकास भई ग्राहक वर्गमा पुर्‍याउने सेवामा थप दक्षता अभिवृद्धि गर्ने बताए। उनले कम्पनीप्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्व नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?