एनसेलको ‘बिज सँधै अन’ मनसुन बिजनेस अफर: १० महिनाको शुल्कमा १२ महिना सेवा!

एनसेलको ‘बिज सँधै अन’ मनसुन बिजनेस अफर: १० महिनाको शुल्कमा १२ महिना सेवा!
+
-

काठमाडौंनेपाली व्यवसायिक क्षेत्रलाई थप सशक्त बनाउने आफ्नो प्रतिबद्धताअन्तर्गत एनसेलले पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि आकर्षक ‘बिज सधैं अन’ मनसुन बिजनेस अफर ल्याएको छ। यस अफरमार्फत ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष ढुक्क भएर सेवाहरूको उपयोग गर्न सक्नेछन्।

मुख्य विशेषताहरू: थप २ महिना निःशुल्क सेवा

यो अफरको प्रमुख विशेषता भनेको ग्राहकहरूले ‘बिज सधैं अन ३९९ प्लान’ वा ‘बिज सधैं अन ६४९ प्लान’ को १० महिनाको शुल्क तिरेर १२ महिनासम्म सेवा प्राप्त गर्न सक्नु हो। यसको अर्थ, ग्राहकहरूले थप दुई महिनाको सेवा निःशुल्क प्राप्त गरी एक वर्षसम्म दूरसञ्चार सेवाका लागि निश्चिन्त हुन सक्छन्। यो योजना ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने सिद्धान्तमा आधारित छ।

प्लानमा उपलब्ध सुविधाहरू:

बिज सधैं अन ३९९ प्लान: यसमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, कुनै पनि लोकल नेटवर्कमा कल गर्नका लागि ४०० मिनेट टक टाइम र ४०० एसएमएस प्रति महिना प्राप्त गर्छन्।

बिज सधैं अन ६४९ प्लान: यो प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस उपलब्ध छ।

बन्डल/कम्बो अफर: कर्पोरेट ग्राहकहरूलाई विशेष फाइदा

यस मनसुन अफरमा ग्राहकहरूले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्नेछन्।

कर्पोरेट ग्राहकहरूले आफ्ना तीनवटा मोबाइल नम्बरका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिनाको सेवा निःशुल्क पाउँछन्।

त्यसैगरी, पाँचवटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुईवटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछन्।

एनसेलको प्रतिबद्धता: “सानादेखि ठूला सबै व्यवसायलाई सहयोग”

एनसेलका प्रमुख बिजनेस अफिसर डिओन एसेन्सिओले भने, “उपभोक्ताहरूलाई ‘सधैं अन’ मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता अनुरूप, बन्डल सेवाहरूसहित कम खर्चमा ग्राहकहरूलाई वर्षभरि निर्धक्क रूपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौँ।

साना, ठूला सबै व्यवसायहरूले अर्थतन्त्रलाई चलायमान बनाउँछन् र उनीहरूको व्यवसाय बढाउन हाम्रा सेवाहरूले योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ।”

क्लाउड र डेटा सेन्टर सेवामा पनि छुट

यसका साथै, एनसेलले क्लाउड र डेटा सेन्टर सेवाहरूमा पनि सीमित अवधिका लागि मनसुन अफर ल्याएको छ, जसमा ग्राहकहरूले विशेष छुट प्राप्त गर्नेछन्। इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन्।

हाल मासिक ‘बिज सधैं अन ३९९ प्लान’ र ‘बिज सधैं अन ६४९ प्लान’ प्रयोग गरिरहेका ग्राहकहरूले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्नेछन्। ‘बिज सधैं अन’ प्लानहरूमा मासिक रूपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले (विश्वको अग्रणी कन्टेट कम्पनी) र मेरो लगानी एप (सेयरबजारमा नाफा-नोक्सान ट्र्याक गर्ने एप) मा पनि पहुँच पाइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?