जग्गाको मुआब्जा नपाएपछि पुल सञ्चालनमा अवरोध

जग्गाको मुआब्जा नपाएपछि पुल सञ्चालनमा अवरोध
+
-

मुगु – जिल्लाको छायानाथ रारा नगरपालिका–८ मा निर्माण सम्पन्न भएको पक्की पुल संचालनमा आएको छैन। कारण हो—जग्गाधनीले मुआब्जा नपाउनु।

अल्कासाँघुस्थित गमगाढ खोलामाथि बनेको यो पुल स्थानीय धनबहादुर मल्लको ५८८.७५ वर्गमिटर खेतीयोग्य जमिन प्रयोग गरेर बनाइएको हो। निर्माण सुरु हुँदाखेरी नगरपालिका र जग्गाधनीबीच मुआब्जा दिने सहमति भएको थियो। तर निर्माण सकिएपछि पनि मुआब्जा नपाएपछि मल्लले पुल संचालनमा अवरोध गरेका हुन्।

नगर प्रमुख बिष्णुकुमार भामले जग्गा बिवादका कारण जोखिमपुर्ण ठाउँमा पुन नबन्ने देखेपछि दुबै पक्ष सँग आबश्यक सहजिकरण गरी जग्गाधनीलाई नगरपालिकाले आबश्यक क्षतिपूर्ति दिने सहमति गरेपछि पुल निर्माण प्रकृया अघि बढेको थियो ।

पुल निर्माण भएको करिब छ महिना बिति सक्दा पनि जग्गाधनी मल्लले क्षतिपुर्ती बापत मुअब्जा नपाए पछि मोटरेबल पुल प्रयोगमा आउनल नसकेको हो ।
नगरपालिका र मल्लबीच २०८० मंसिर ५ र २०८१ वैशाख ३ गते दुईपटक सहमति भएको थियो। सोही आधारमा सडक डिभिजन कार्यालय जुम्लाको ठेक्कामा हिम सगरमाथा कन्स्ट्रक्सनले रू ८ करोडको लागतमा ४० मिटर लम्वाई रहेको पुल बनाएको हो ।

जग्गाधनी मल्लले भने, “सम्झौतामा हस्ताक्षर गर्न नगरपालिकाले दबाब दियो, मुआब्जा दिने बेला भने बेवास्ता गर्‍यो। अब मेरो जमिन प्रयोग गरेर खेतीपाती गर्छु। मुआब्जा नपाएसम्म पुल चल्न दिन्न।”

नगरप्रमुख विष्णुकुमार भामका अनुसार सडक विभागले पुल र सडकजस्ता संरचनामा प्रयोग हुने निजि जग्गाको मुआब्जा दिने नीति नराखेकोले समस्या भएको हो। “हामीले विपद् व्यवस्थापन कोषबाट राहत स्वरूप रकम उपलब्ध गराएर समस्या समाधान गर्ने तयारीमा छौं,” उनले भने ।

पुल संचालनमा नआउँदा गमगढी बजार हुँदै मुगुमकार्मारोङ्ग गाउँपालिकातर्फ जाने यात्रुहरू मर्कामा परेका छन्। छायाक्षेत्रधाममा साउन महिना सुरु भएसँगै भक्तजनको घुइँचो लाग्ने गरेको छ। तर पुल बन्द हुँदा भक्तजनलाई कम्तीमा १७ किलोमिटर बाटो पैदलै हिँड्नुपरेको छ।

गत वर्ष यसै स्थानमा काठको लाप्कोबाट खोला तर्दै गर्दा ८ जना यात्रु खोस्रिएर बचेका थिए। त्यसपछि दबाबकै कारण तत्कालीन ठेक्केदारले पुल बनाएको हो।
उक्त पुलले नेपाल(चीनको नाक्चेलाग्ना नाकासम्म पुग्ने ८७ किलोमिटर सडकलाई जोड्ने योजना छ। हालसम्म गमगढी बाट मुगुम् कार्मारोङको छाईल सम्म १७ किलोमिटर मात्र ट्याक खोलिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?