सवारी साधन आयात, उत्पादन र जडान सम्बन्धी निर्देशिका २०८२ मा यातायात व्यवस्था विभाग र नाडाबीच छलफल

सवारी साधन आयात, उत्पादन र जडान सम्बन्धी निर्देशिका २०८२ मा यातायात व्यवस्था विभाग र नाडाबीच छलफल
+
-

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले यातायात व्यवस्था विभागले ल्याउन लागेको ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ माथि विस्तृत छलफल गरेको छ।

आज नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटवार्ता गरी निर्देशिकाका विभिन्न पक्षमाथि विचार विमर्श गरेको हो।

छलफलका मुख्य बुँदाहरू:

छलफलका क्रममा विशेषगरी सवारी आयात, उत्पादन र जडानसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयहरूमाथि बहस भएको थियो। यसमा नेपाल यातायात व्यवसायी महासंघको मागअनुसार विद्युतीय सवारी साधनहरूको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर र चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउनुपर्ने माग प्रमुख थियो।

यसबाहेक, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भइसकेका ब्याट्रीहरूको दीर्घकालीन व्यवस्थापन, नक्कली प्रमाणीकरण (डुप्लिकेट सर्टिफिकेसन), कागजात (डकुमेन्टेसन), छाप र लोगोको प्रयोग, मोटर क्षमता र सिट संख्यामा देखिएको विवाद, भन्सार महसुल निर्धारणका आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा नक्सा (GPS) अनिवार्य गर्ने लगायतका विषयहरूमाथि गम्भीर छलफल भएको थियो।

नाडाको धारणा र सुझाव:

छलफलका क्रममा नाडाका अध्यक्ष चौधरीले निर्देशिकाका प्रत्येक बुँदामाथि विस्तृत छलफल गरिनुपर्नेमा जोड दिए। उनले यस निर्देशिकाका सम्बन्धमा नाडामा थप विस्तृत छलफल गरी विभागलाई सुझाव पठाउने प्रतिबद्धता जनाउँदै छलफलका लागि नाडालाई आमन्त्रण गरेकोमा विभागप्रति आभार व्यक्त गरे।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकाका केही बुँदाहरू नेपालको सन्दर्भमा व्यावहारिक बनाउनुपर्ने र केही जटिल विषयहरूमा थप छलफलको आवश्यकता रहेको औंल्याए।

विभागको प्रतिक्रिया र भावी योजना:

विभागका महानिर्देशक पोखरेलले नेपालमा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धमा कुनै स्पष्ट नीतिनियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको स्पष्ट पारे। उनले यसका लागि विभिन्न चरणमा छलफल गरिने जानकारी गराए। उनले सरकारले व्यवसायीहरूका लागि विभिन्न व्यवधान सिर्जना गर्ने गरेको आम बुझाइ भए तापनि अब सरकार व्यवसायीहरूको पूरकका रूपमा उभिने र देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहने बताए।

महानिर्देशक पोखरेलले नाडासँगको सहकार्यमा सवारी साधनहरूका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने नाडा अध्यक्ष चौधरीको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै मुख्यतः तीनवटा विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने बताए। उनले सही समयमा सही छलफल भएकोमा सन्तोष व्यक्त गरे।

छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयातसँग सम्बन्धित व्यवस्थाहरूका बारेमा बैठकलाई विस्तृत जानकारी गराएका थिए। यस अवसरमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?