
काठमाडौं- पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभमुहूर्त गरिएको छ।
कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्ने यस चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ।
कुमार बेन्जन्कारको कथा रहेको यस चलचित्रको पटकथा गणेश कार्कीले लेखेका हुन्।
निर्माण पक्षका अनुसार, चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको एउटा र्याप पनि समावेश गरिनेछ।
तस्बिरहरूः