
काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन्।
बुधबार भएको संसदीय दलको नेतामा बागमति प्रदेशसभाका रहेका कांग्रेसका ३७ जना सांसद मध्ये लामाको पक्षमा १४ जनाले मात्रै मतदान गरे भने इन्द्र बनियाँको पक्षमा २२ जनाले मतदान गरेका थिए। एक मत बदर भएको थियो।
दलका नेतामा पराजित भएसँगै बिहीबार लामाले देउवासँग भेटेका थिए। भेटका क्रममा सभापति देउवाले दलको नेतामा पराजित भएपछि राजीनामा दिन निर्देशन दिएपछि लामाले आज भोलि नै राजीनामा दिने तयारी गरेको उनी निकट एक सांसदले जानकारी दिए।
संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री भएका लामा दलका नेतासँग कुनै सम्बन्ध नभए पनि राजनीतिक रुपमा दबाबमा परेका हुन्।
झण्डै तीन वर्षअघि चुनाव लगत्तै भएको दलको चयनमा बानियाँ लामासँग पराजित भएका थिए। कांग्रेस एमालको गठबन्धनमा सरकार बन्ने बेलैमा एक÷एक वर्ष कार्यकाल बाड्ने बताइएको थियो। त्यहीँ सहमति कार्यान्वयनका लागि बानियाँले दबाब बढाएका हुन्।