उपप्रमुख र वडाध्यक्षको विवादले बिर्तामोडमा तनाव

उपप्रमुख र वडाध्यक्षको विवादले बिर्तामोडमा तनाव
+
-

झापा – बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको फेसबुक विवादलाई लिएर राजनीतिक दलहरू आक्रोशित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख संग्रौलालाई कारबाहीको मागसहित नगरपालिका कार्यालयअगाडि नाराजुलुस गरेका छन्।

बाक्लो संख्यामा रहेका प्रहरीले उनीहरूलाई नगरपालिका गेटभित्र प्रवेश गर्न दिएन। भित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर उनीहरूले नाराजुलुस र कोणसभा गरेका थिए।

बिर्तामोड–३ को नवदुर्गा मन्दिर परिसरमा भेला भई राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा करिब ५०/६० जनाको उपस्थितिमा विरोध र्‍याली निकाली नगरपालिका परिसरमा पुगेर नाराबाजी गरेका थिए।

‘सामाजिक सञ्जालको दुरुपयोग बन्द गर, बिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर, अराजक उपमेयर मुर्दावाद, सत्ताको आडमा गरिने गुण्डागर्दी बन्द गर’ जस्ता नारा लगाएका थिए।

फेसबुकमा लेखिएका केही अभिव्यक्तिका कारण उपप्रमुख र वडाध्यक्ष कार्कीबीच केही दिनअघि नगरपालिका कार्यालयभित्रै भनाभनको स्थिति सिर्जना भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?