काठमाडाैँ – शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशन रहेको लघु फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक गरिएको छ। युवा पिँढीमा रहेको विदेशी मोह र विदेश बसाइँको कारण नेपालमा वृद्धवृद्धाले भोग्नुपरेको एक्लोपन र मानसिक तनाव फिल्मले कथाको रूपमा उठाएको छ।
मुकुन्द श्रेष्ठ, रचना सिंह, अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला रानालगायतको अभिनय रहेको फिल्म युवाहरूमा सन्देश दिने उद्देश्यले निर्माण भएको हो।
किरण श्रेष्ठ र सन्दीप श्रेष्ठको सम्पादन, नीराजन सेंढाइको छायाङ्कन रहेको फिल्म म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा बनेको हो । फिल्म म्युजिक नेपाल इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बाहिर आएको छ।
‘खाली सिसी, नयाँ कागज’ केवल वृद्धावस्थाको एक्लोपन मात्र होइन, विदेशिने युवाले तिर्नुपर्ने भावनात्मक मूल्यको कथा पनि हो। रोजगार, सपना र उज्यालो भविष्यको खोजीमा युवा विदेशिन्छन् र पछाडि छुट्छन् बाआमाहरू, जसको दिनहरू अब उत्सवले होइन, मौनताले भरिएका हुन्छन्।
यो कथा हो, हामीले छाडेर जाने सबै साथ र पलहरूको ‘ जुन सायद फेरि कहिल्यै भेटिँदैन। हेर्नुहोस्। महसुस गर्नुहोस्। सोच्नुहोस्। सर्ट फिल्ममा ‘खाली सिसी नयाँ कागज’, बज्राचार्यको जीवन्त निर्देशन (भिडियो) ‘इम्प्टि बोट्ल्स, ब्ल्याङ्क पेपर्स, उपशीर्षकसहित सार्वजनिक भएको यो सर्ट फिल्मले वर्तमान यूवा पुस्ताको विदेशिने मोहले विदेशकै बसाईका कारण वृद्ध–वृद्धाहरूले भोगिरहेको एक्लोपन तथा उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडलाई कलात्मक ढङ्गले चित्रण गरिएको छ।
यो फिल्ममा कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंहका साथमा अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतले अभिनय गरेका छन्। प्रवेश गर्दै गरेको अनुहारहरूको उत्कृष्ट अभिनय, जीवन्त निर्देशन तथा सशक्त संवादले यो फिल्म दर्शकका लागि प्रभावशाली बनिरहेको छ।