अमेरिकाले उच्च कर लगाएपछि एफ–३५ विमान खरिद सम्झौता रद्द गर्दै भारत

अमेरिकाले उच्च कर लगाएपछि एफ–३५ विमान खरिद सम्झौता रद्द गर्दै भारत
+
-

काठमाडाैँ – भारतमाथि उच्च कर लगाउने ट्रम्पको घोषणा पछि भारत अमेरिकासँग झुकेर सम्झौता नगर्ने अडानमा पुगेको भारतीय सञ्चारमाध्यामहरुले दाबि गरेका छन्। अमेरिकाको दबाबपूर्ण करको जवाफमा भारतले अमेरिकासँग एफ–३५ विमान खरिद सम्झौता रद्ध गर्ने तयारी गरेको छ।

ब्लुमबर्गले आफ्नो स्रोतको हवाला दिंदै एफ–३५ किन्ने सम्झौता रद्ध गर्ने अवस्थामा भारत पुगेको जनाएको हो। एफ–३५ अमेरिकाको ५ औं जेनरेशन लडाकु विमान हो। यसको निर्माण लोकहीड मार्टिन कम्पनीले गरेको हो।

रिपोर्टमा मोदी सरकारले अमेरिकासँग भविष्यमा यसअघि हुन सक्ने बताइएका ठुला रक्षा सम्झौताहरु समेत नगर्ने जनाइएको छ। भारतीय सरकार पछिल्लो समय बलियो रक्षा सम्झौताका लागि तयारी गरिरहंदा अमेरिकाले अप्रत्यासित रुपमा ठुलो कर लगाउने घोषणाले मोदी सरकार विच्किएको हो।

भारतले टेक्नोलोजी ट्रान्सफर तथा देशमा उत्पादनको सर्तमा अमेरिकी डिफेन्स सिस्टममा ठुलो खर्च गर्ने तयारी गरेको थियो। यसै वर्षको फेब्रुअरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले व्हाइटहाउसको भ्रमण गरेका थिए।

यसै भ्रमणका क्रममा मोदी र राष्ट्रपति ट्रम्प बिच फाइटर जेट किन्ने बारे सहमति भएको थियो। त्यसपछि अप्रिलमा भारत भ्रमणमा आएका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भारतलाइ ‍औपचारिक रुमपा एफ(३५ विमान खरिदका लागि आग्रह गरेका थिए। उनकव प्रस्तावपछि भारतले यो विमान खरिदको प्रकृया अघि बढाएको थियो। तर अमेरिकाले अप्रत्यासित रुमपा भारतमाथि कर वृद्ध गर्दै रसियासँगको सम्बन्ध पुनर्विचार गर्नु पर्ने अवस्थामा पुर्याएपछि मोदी सरकार अप्ठ्यारोमा परेको हो।

ट्यारिफको जवाफ दिने माध्याम खोज्दै भारत

रिपोर्टमा अमेरिकाको तर्फबाट घोषण गरिएको २५ प्रतिशत करको जवाफ कसरी दिन्ने भन्ने बारे भारतले परामर्स गरीरहेको छ। भारतीय अधिकारीहरु भने ट्रम्पको यो निर्णयबाट आश्चर्यचकित र दुखी भएको बताइरहेका छन्।

यस्तोमा भारत अमेरिकासँग झुकेर सम्झौता गर्ने या चीनको जस्तो जवाफ फर्काएर बराबरीको स्तरमा रहेर नेगोसिएसन गर्ने भन्नेबारे निर्णयमा पुगेको छैन। जसका लागि उच्च अधिकारीहरु छलफलमा जुटेको दैनीक भास्करले जनाएको छ।

भारतलाइ राष्ट्रपति ट्रम्पले घोषणा गरेको कर आगामी ७ अगस्टबाट कार्यान्वयनमा आउनेछ। ट्रम्पले भारतीय सामान आयातमा २५ प्रतिशत करको घोषणा १ अगस्ट सकिन एकदिन बाँकी हुँदा गरेका थिए। आजैबाट कार्यन्वयनमा आउने भनिएपनि कस्टम्स तथा बोर्डर प्रोटेक्शनको नयाँ शुल्क असुल्नका लागि तयारी र पुरानो भन्सार रेटहरु परिवर्तन गर्नु पर्ने भएका कारण एकसाताको समय लम्ब्याइएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?