
काठमाडौं- गुण्डानाइके भनेर चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङसहित उनीसँगै समातिएका १९ जनालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले ७ दिनको अनुमति दिएको छ।
उनीहरू बिहीबार राति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका हुन्।
बिहीबा राति समातिएका ४७ जनामध्ये १९ जनालाई प्रहरीले अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै हिरासतमा राख्न म्याद मागेको थियो। बाँकीलाई प्रहरीले छाडेको थियो।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ।
प्रहरीका अनुसार हिरासतमा राखेर अनुसन्धान गरिनेहरूमा चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।
मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको हो।