मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
+
-

मुगु – मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–५, ताल्चामा दुई दाजुभाइ मिलेर पहिलोपटक फुजी जातको स्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन्। स्थानीय हरीबहादुर रोकाया र रामभक्त रोकाया दुई दाजुभाई मिलेर करिब एक हल क्षेत्रफल क्षेत्रफल जग्गामा फुजी जातको स्याउ को ब्यबसायिक उत्पादन सुरु गरेका हुन्।

उनीहरूले राष्ट्रिय कृषि आधुनिकीकरण ईकाई कार्यालय मुगु ( सिमीजोन) ले रोकाया लगायत ४ जना कृषकहरूलाई ५० प्रतिसत अनुदानमा फुजी स्याउका बिरुवा गत बर्ष बितरण गरेपछि उनीहरूले फुजी स्याउको उत्पादन शुरू गरेका हुन् ।

रोकायाले छायाँनाथ रारा नगरपालिका वडा नं ५ ताल्चमा र वडा नं ४ का मनबहादुर भाम,वडा नं ५ का प्रदिप रावल र वडा नं ५ का जस बुढाले मुसेचौर मैतु र सुपमा उन्नत प्रजातको बिरुवा रोपेका थिए ।

हाल स्याउका बिरुवा राम्रोसँग हुर्किँदै गएको र यस बर्ष देखि फल दिन थालेको कृषक हरिबहदुर रोकायाले जानकारी दिए ।
कृषक रोकायाले ४ सय फुजी स्याउका बोट लगायका छन् । फुजी स्याउ अत्यन्तै स्वादिलो र छिटो फल्ने र अन्य जातका स्याउहरू भन्दा महँगो पर्ने भएको भएकाले आफुहरू यसजातको स्याउ उत्पादनमा लागेको कृषकहरूको भनाई छ ।

‘जिल्लामा धेरैजसो पुरानै जातका स्याउ उत्पादन हुँदै आएको थियो, तर बजारमा फुजी जातको माग धेरै भएकाले जोखिम उठाएर व्यावसायिक खेती सुरु गरेका हौं,’– कृषक हरीबहादुर रोकायाले भने।

यसअघि कर्णाली प्रदेशका केही जिल्लामा परीक्षणका रूपमा फुजी जातको स्याउ लगाइएको भए पनि मुगुमा भने यो पहिलोपटक हो। फुजी जातका स्याउ स्वादिलो, टिकाउ, र बजारमुखी मानिन्छ।

स्थानीय तह तथा कृषि कार्यालयले प्राविधिक सहायता तथा अनुदानको व्यवस्था गर्न सकेमा यस क्षेत्रलाई फुजी स्याउको उत्पादन केन्द्रको रूपमा विकास गर्न सकिने सम्भावना स्थानीयले देखेका छन्।

ूव्यावसायिक कृषि र स्याउको सुधारिएको जातमा लगानी बढाउन सकेमा युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ,ू – रामभक्त रोकायाको भनाइ छ।

मुगुजस्तो उच्च हिमाली जिल्लामा जलवायु र माटो फुजी स्याउका लागि उपयुक्त मानिएको छ। कृषि विज्ञहरूका अनुसार सरकारी सहयोग र बजार सुनिश्चित भएमा मुगुमा स्याउ खेतीले नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?