
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो। आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर २ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।