तनहुँमा इभी माइक्रो दुर्घटना हुँदा ९ जना घाइते

तनहुँमा इभी माइक्रो दुर्घटना हुँदा ९ जना घाइते
+
-

पोखरा – तनहुँमा इभी माइक्रो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको इभी माइक्रो दुर्घटना भएको हो।

दिउँसो साढे २ बजेको समयमा चालकले नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किँदा माइक्रो सडकमै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

चालकसहित माइक्रोमा १२ जना सवार थिए। ९ जना घाइतेलाई उद्धार गरेर प्रदेश अस्पताल दमौली पठाइएको छ। घाइते ७ जना सामान्य र २ जनाको अवस्था मध्यम रहेको छ।

माइक्रो चालक रुपन्देहीको मर्चवार गाउँपालिका– ४ बस्ने २१ वर्षीय महेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?