चलचित्र ‘खुस्मा’ पछि कलाकार धीरज र उपासना ‘जलाकी’मा सहकार्य गर्दै

चलचित्र ‘खुस्मा’ पछि कलाकार धीरज र उपासना ‘जलाकी’मा सहकार्य गर्दै
+
-

गत वर्षको सिनेमा ‘खुस्मा’ मा अत्यन्तै रुचाइएका कलाकारद्वय धीरज मगर र उपासना सिंह ठकुरी पुन सहकार्य गर्दैछन्। निर्देशक अशोक थापामगर नयाँ सिनेमा ‘जलाकी’काे मुख्य भूमिकामा ठकुरी र मगर रहेका छन्।

चलचित्र विकास बोर्ड हरेक वर्ष वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ‘खुस्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी थिइन्। उनले यो सिनेमामा अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन्।

असोज २१ गतेबाट छायांकन जाने तयारी चलिरहेको जलाकी शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन्।

सोमबार यो सिनेमाबाट अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको छ। सिनेमाको सार्वजनिक पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्। यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतीकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ। कसैको सम्झना र मायाको प्रतीककाे रुपमा मानिने यो सिनेमाको छायांकन पहिलो, दोश्रो र तेश्रो गरी तीन चरणमा रहने कुरा सिनेमाका निर्देशक अशोक थापा मगरले बताए।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु-भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने छ। सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेका सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोड्युसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ।

निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?