सुविधा हुँदा पनि नियमित गर्भ जाँच गराउन समस्या

सुविधा हुँदा पनि नियमित गर्भ जाँच गराउन समस्या
+
-

हुम्ला – राज्यले सुविधाको ब्यवस्था गर्दा पनि गर्भवती महिलाले प्रोटोकलअनुसार गर्भ जाँच नगरेको पाइएको छ। गर्भजाँचलाई महत्व नदिनु र यसका फाईदा बारे गर्भवती महिलालाई जानकारी नभएको कारण सतप्रतिशत महिलो गर्भ जाँच नगरेका हुन्।

सात जना गर्भवती रहेकोमा तीन जनाले मात्र नियमित गर्भजाँच गराएको आधारभुत स्वास्थ्य सेवा केन्द्र दोजामका इन्चार्ज रत्न बोहराले बताए।
बाँकी तीन जना मध्य कसैले दुई, कसैले तीन पटक मात्र गराउने गरेका छन। बोहराले गर्भजाँच गर्ने मितिमा फोन गर्ने ब्यवस्था अनुसार फोन गर्दा पनि नआउने गरेको जानकारी दिए। एक दुई पटक स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविका घरमै पुगेर गर्भजाँच गराउन खोज्दा पनि कामतिर हिडेको अबस्था भोग्नु परेको उनले बताए।

त्यसैगरी वरगाउँ स्वास्थ्य चौकीअन्तर्गतका गाउँमा पाँच जना गर्भवती महिला रहेकोमा एक जना मात्र नियमित जाँचमा आएको स्वास्थ्य चौकी इन्चार्ज रविजंग शाहीले बताए।

संघ र प्रदेश सरकारबाट छुट्टाछुट्टै गर्भजाँच गराए बापत सुविधा भएपनि सबै गर्भवतीलाई चेकजाँच गर्न समस्या भई रहेको उनको भनाई छ। एक जना गर्भवतीले प्रोटोकल अनुसार चार पटक गभैजाँच गर्नु पर्ने हुन्छ। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारी २७४ जना दर्ता भएको भएपनि गर्भ जाँचका सवै चरण पुरा गर्ने दुई सय गर्भवती मात्र रहेको बताए।

यो चार वटै चरण गर्भजाँच गर्ने महिलाको सङ्ख्या ७१ दशमलव ९९ प्रतिशत रहेको छ अझै २६ दशमलव एक प्रतिशत गर्भवतीले नियमित चेकजाँच गर्ने नगरेको देखिएकाृ छ यो सेवा गाउँपालिका भित्रका नौ वटा स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिदै आएको छ। जसमा आधारभूत स्वास्थ्य सेवा केन्द्र दोजाम, ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्य चौकी, जिल्ला अस्पताल, सामुदायीक स्वास्थ्य इकाई चौगानफा, खोल्सी र साँताबाट प्रदान गरिन्छ।

सुविधाहरु हुँदा पनि सबै गर्भवतीको गर्भजाँच गर्न नसकिनुमा खर्क जाने, गर्भ जाँचलाई महत्व नदिन मुख्य कारण रहेको बताउदै उहाँले अव यसको महत्व, फाईदा र उपयोगिताका वारेमा अभिमुखीकरण कार्यक्रम राखिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?