भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती
+
-

तनहुँ – मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ। यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो।

नेकपा (एमाले) भीमादका अध्यक्षसमेत रहनुभएका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको छ। हाल बजारमा प्रतिकिलोग्राम रु ५०० सम्म थोक मूल्य छ।

उनले भने, “विभिन्न स्थानबाट दुई–तीन क्विन्टल खुर्सानीको माग आइरहेको छ, यस ठाउँमा खुर्सानीखेती सफल बन्दै गएको छ।” सुरुमा परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित छन्। भीमाद नगरपालिकाले बीउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो।

नगरपालिकाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए खेतीका लागि अझै सहज हुने व्यावसायिक किसान बताउँछन्। उत्पादित खुर्सानी पोखरा, काठमाडौँ, चितवनजस्ता सहरबाट माग भइरहेको भानुमती नमूना कृषि गाउँका अध्यक्ष रणबहादुर गुरुङले बताए।

पूर्वमन्त्री किरण गुरुङले अकबरे खुर्सानीखेतीबाट किसानमा देखिएको उत्साहले सकारात्मक सङ्केत गरेको बताए। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र किसानलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने नगरप्रमुख दधिराज सुवेदीले बताए। उहाँले भन्नुभयो, “आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गर्दै लैजाने योजना बनाएका छौँ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?