
काठमाडौँ- सरकारको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको निर्माण प्रगति निकै सुस्त देखिएको छ। एक दशकभन्दा बढी समय बितिसक्दा पनि यो राष्ट्रिय गौरवको आयोजनाको भौतिक प्रगति ३.४ प्रतिशत मात्र भएको छ। मुआब्जा विवाद र बजेट अभावका कारण कामले गति लिन नसकेको अधिकारीहरूले बताएका छन्।
हालै राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण यो परियोजना ‘निल्नु न ओकल्नु’ भएको बताएका थिए।
करिब चार अर्ब रुपैयाँ खर्च गरेर पूर्व-पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। तर, झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको ९२५ किलोमिटर लामो रेलमार्गमा हालसम्म ३.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यसै गतिमा काम भए रेलमार्ग निर्माण पूरा हुन दशकौँ लाग्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, नेपालको एकमात्र सञ्चालनमा रहेको जनकपुर-जयनगर रेल सेवा पनि घाटामा चलिरहेको छ।
तस्बिरहरूः