राजनीति घाटा–नाफाको व्यापार होइनः मुख्यमन्त्री बानियाँ

राजनीति घाटा–नाफाको व्यापार होइनः मुख्यमन्त्री बानियाँ
+
-

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र विकासको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश समितिद्वारा हेटौँडामा आज आयोजित स्वागत तथा बधाई कार्यक्रम उनले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई जनतालाई न्याय, शान्ति र विकासको अनुभूति दिलाउने गरी काम गर्ने बताए।

राजनीति घाटा नाफाको व्यापार नभई सेवा, धर्म भएकाले आफू जनताको सेवामा समर्पित भई लागेको जनाउँदै मुख्यमन्त्री बानियाँले सत्य, न्याय र इन्साफ गरिब निमुखाको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे।

गरिब, विपन्न समुदायको पीडालाई आफूले नजिकबाट बुझेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले आफू मुख्यमन्त्री हुदाँ प्राप्त हुने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिने घोषणा समेत गरे।

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री तथा कांग्रेसबाट मन्त्री भएका बिनाविभागीयमन्त्री शिवराज अधिकारी र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई स्वागत तथा सम्मान गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?