नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

नेप्से एक दशमलव ९४ अङ्कले घट्यो
+
-

काठमाडौँ –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव शून्य छ बिन्दुमा कायम भएको हो।

आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ बराबरको कारोबार भएको हो। आजको कारोबारमा लगानी समूह शून्य दशमलव ४९, लघुवित्त एक दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ४७, विकास बैंक शून्य दशमलव ६१, वित्त शून्य दशमलव ४१, होटल तथा पर्यटन शून्य दशमलव शून्य पाँच र जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बिमा शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३६ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु २९ करोड ४५ लाख ५७ हजार ७५४ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको १८ लाख २७ हजार ६८० कित्ता शेयर किनबेच भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?