फोहोरलाई मोहरमा बदल्ने प्रयासमा शुक्लागण्डकी

फोहोरलाई मोहरमा बदल्ने प्रयासमा शुक्लागण्डकी
+
-

पोखरा – तनहुँको शुक्लागण्डकी नगरपालिका फोहोरलाई मोहरमा बदल्ने प्रयासमा जुटिरहेको छ। लामो समयसम्म सेती किनारमा फोहोर फालेर आलोचना खेप्दै आएको नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहोरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान गरेर व्यवस्थापनमा जुटेको हो।

फोहोरमैला व्यवस्थापन केन्द्रमा पूर्वाधार निर्माणसँगै उपकरण जडानको काम सुरु भएको छ। फोहोरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता भइ काम अगाडि बढेको हो।

सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहोरमैला प्रशोधनका विभिन्न यन्त्रउपकरण ल्याइएको छ। असोजभित्र फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’ ले बताए।

‘मेसिनरी जडानको काम भइरहेको छ। प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहोर यत्रतत्र हुनेछैन। टोलविकास संस्थासँगको सहकार्यमा घरबाटै फोहोर वर्गीकरण गरेर संकलन गर्ने योजनामा छौं।’

बर्षौदेखि समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको समाधान हुने उनले उल्लेख गरे। गत बैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो।

सम्झौता लगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ। ‘भेर्मी कम्पोस्ट पिट’, ‘अर्गानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो।

१० वर्षे अवधिको लागि फोहोरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले २ करोड चार लाख रुपैयाँको लगानी दिनेछ। त्यसबाट पूर्वाधार निर्माणसँगै फोहोरमैला व्यवस्थापनका विभिन्न यन्त्रउपकरण खरिद गरेर जडान हुनेछ। शुक्लागण्डकीले फोहोर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिएको हो।

शुक्लागण्डकीका वन, वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका इञ्जिनियर भिम सुवेदीले असोजदेखि फोहोर प्रशोधनको काम सुरु हुने बताए। नगरपालिकाले गर्नुपर्ने सडक, विद्युत र खानेपानीको काम पनि भइरहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०७४/७५ को बजेटबाट शुक्लागण्डकी नगरपालिकाले कसेरीमा फोहोरमैला संकलनका लागि ट्रष्ट निर्माण गरेको हो। ट्रष्ट निर्माणका लागि २४ लाख ७० हजार ८५१ रुपैयाँ खर्च भएको छ। २०८०/८१ मा पनि कम्पाउण्ड र ट्रष्ट निर्माणमा ५२ लाख ५९ हजार ५३ रुपैयाँ लगानी भएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा फोहोरमैला संकलन केन्द्रसम्म पुग्ने सडक सञ्जालको स्तरोन्नती गर्न ५२ लाख रुपैयाँ खर्च भयो। गत आर्थिक बर्षमा पनि फोहोरमैला व्यवस्थापन केन्द्रमा सेती नदीले कटान गरेपछि करिब ४५ लाख रुपैयाँ खर्चेर तटबन्धन गरिएको छ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले फोहोरमैला संकलन केन्द्र सञ्चालनमा ल्याउनै सकेनन्। एक पटक ठेक्का आह्वान भएपनि जनप्रतिनिधिकै विवादले सफल भएन। २०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिले नगर सरसफाइ अवलोकनको नाममा हेटौंडा उपमहानगरपालिका, बाग्मति नगरपालिका भ्रमण भन्दै दुई लाख ९९ हजार २२९ रुपैयाँ स्वाहा बनाए। यो खर्च आर्थिक बर्ष २०७९/८० को बजेटबाट भएको थियो। अर्को वर्ष तिलोत्तमा र वालिङ नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति भ्रमणमा जादा ४६ हजार रुपैयाँ भुक्तानी भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?