
काठमाडौँ- अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसरमा नेपालमा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (BG) इलेक्ट्रिक स्कूटरहरू’ सार्वजनिक गरेको छ।
श्रावण २१ गते (तदनुसार अगस्ट ६, २०२५) भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा विशेष प्रोडक्ट लन्च इभेन्टमार्फत यी स्कुटरहरू नेपाली बजारमा भित्र्याइएका हुन्।
कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, डान्सर, मोडल तथा इन्फ्लुएन्सर कविता नेपाली, अग्नि समूहका वरिष्ठ अधिकारीहरू, सञ्चारकर्मीहरू र ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो।
अग्नि ग्रुपले बिगसका दुई मोडेलहरू – बिजि आरयुभी ३५० (BG RUV 350) र बिजि सि१२ (BG C12) नेपाली बजारमा ल्याएको छ। यी स्कुटरहरूले सहरी तथा दैनिक यात्राका लागि उच्च कार्यक्षमता, सुरक्षात्मक विशेषताहरू र अत्याधुनिक प्रविधिले भरिएको विद्युतीय स्कूटरहरूको नयाँ विकल्प प्रस्तुत गरेका छन्।
मूल्य र भेरियन्ट:
- बिजि आरयुभी ३५० (BG RUV 350): यो दुई भेरियन्टमा उपलब्ध छ।
- आरयुभी ३५० आइ-इ-एक्स: रू. २७९,४००
- आरयुभी म्याक्स: रू. ३२५,३००
- बिजि सि१२ (BG C12): यो पनि दुई भेरियन्टमा उपलब्ध छ।
- सि१२ आइ-इ-एक्स: रू. २२८,४००
- सि१२ म्याक्स ३.०: रू. ३०४,९००
BG RUV 350: इलेक्ट्रिक स्कुटरहरूको ‘बिग ब्रदर’ सहरका लागि उपयुक्त र भरपर्दो विद्युतीय सवारीको रूपमा ल्याइएको BG RUV 350 ले स्कूटर र बाइक दुवैको विशेषताहरूलाई समायोजन गर्दछ। १६ इन्चको ठूलो एलोय ह्विल्स, १६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडी यसका मुख्य विशेषता हुन्। १६५ न्युटनमिटरको पिक टर्क, ७५ किलोमिटर प्रति घण्टा टप स्पीड, र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पिएमएसएम (PMSM) इन-व्हील हाइपरड्राइभ मोटरका साथै, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आइपि६७ (IP67) रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले यसलाई सुरक्षित र स्मार्ट बनाएको छ।
BG C12: परिवारको लागि उत्कृष्ट स्मार्ट इलेक्ट्रिक स्कुटर सहजता, सुरक्षा र स्टाइलको तालमेल प्रस्तुत गर्ने BG C12 ले दैनिक यात्रालाई आरामदायी बनाउने उद्देश्य राख्दछ। यसमा फराकिलो लेगरुम र सिट, २३ लिटरको अन्डर-सिट स्टोरेज, १२.७ सेमी टिएफटि स्मार्ट डिस्प्ले, युएसबी चार्जिङ, राइडिङ मोड्स (इको, राइड, स्पोर्ट) र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध छन्। यसमा रहेको एयर-कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आइपि ६७ (IP67) रेटेड लिथियम आयन ब्याट्री सेल, र ३ वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा र विश्वास सुनिश्चित गर्छ।
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपाली ग्राहकहरूका लागि बिगस इलेक्ट्रिक स्कुटरहरू सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएको बताए। उनले भने, “हामी नेपाली ग्राहकहरूको लागि उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको विद्युतीय स्कूटरहरूको नयाँ विकल्प प्रस्तुत गर्न पाउँदा खुसी छौँ। बिगसका यी मोडेलहरूले सहरी तथा दैनिक यात्रालाई अझ सहज र स्मार्ट बनाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ।”
विगत तीन दशकदेखि अग्नि ग्रुपले नेपाली बजारमा गुणस्तरीय, नवप्रवर्तनशील र प्रविधिमैत्री सवारी साधनहरू ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिएको छ। अग्नि मोटोइन्कले सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ को Hall D, Stall No. D6 मा अवस्थित बिगसको स्टलमा भ्रमण गरी नयाँ स्कूटरहरू प्रत्यक्ष अनुभव गर्न आह्वान गरेको छ। साथै, ग्राहकहरूले उत्तरढोका स्थित बिगसको आधिकारिक सोरूममा गई स्कूटरहरू अनुभव गर्न सक्नेछन्।
बिगसको बारेमा: बिगस एक आधुनिक विद्युतीय सवारी ब्रान्ड हो जसले स्मार्ट, सुरक्षित र इनोभेटिभ मोबिलिटी सोलुसनमार्फत दैनिक यात्रालाई अझ सहज बनाउने लक्ष्य लिएको छ। भारतको पुणेमा रहेको उत्पादन केन्द्रबाट वार्षिक एक लाख युनिट उत्पादन गर्न सक्ने क्षमता भएको बिगसले अत्याधुनिक प्रविधिका सहज, स्टाइलिस र आरामदायी स्कूटरहरू उत्पादन गर्दै आएको छ। ग्राहक-केन्द्रित दृष्टिकोण कायम राख्दै इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा ग्राहकहरूको पहिलो रोजाई बन्ने बिगसको लक्ष्य रहेको छ। कम्पनीका इलेक्ट्रिक स्कुटरहरू BG C12 र भारतकै पहिलो आर-युभी, RUV 350, फ्युचरिस्टिक डिजाइन, पर्फमेन्स र व्यावहारिकताको उत्कृष्ट संयोजन हुन्।
अग्नि मोटोइन्क प्रा.लि. नेपालमा बिगस इलेक्ट्रिक दुई पांग्रे सवारीको आधिकारिक वितरक हो।