
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शनिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको समाज भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले जनै पूर्णिमालाई धार्मिक संस्कारसँगै पारिवारिक सम्बन्ध बलियो बनाउने पर्वका रूपमा उल्लेख गर्दै परस्पर स्नेह, सम्मान र संरक्षणको भावना यस पर्वको मूल सन्देश रहेको बताए ।
यसले पारिवारिक एकता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले नेपालको संविधानले प्रत्याभूत गरेको सांस्कृतिक विविधताको सम्मान गर्दै यस्ता मौलिक चाडपर्वहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
साथै, लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धनमार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको पनि उनले उल्लेख गरेका छन् ।