मधेसमा लम्पीस्किनबाट १ हजार ७ सय पशु मरे

मधेसमा लम्पीस्किनबाट १ हजार ७ सय पशु मरे
+
-

जनकपुरधाम – लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन्।

प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारबाट निको भएको बताएको छ।

लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन्। रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ।

अभियानअन्तर्गत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ।

मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञकेन्द्रमार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?