साउने पूर्णिमाको अवसरमा धामी नाच्ने क्रम जारी (फोटो फिचर)

साउने पूर्णिमाको अवसरमा धामी नाच्ने क्रम जारी (फोटो फिचर)
+
-

हुम्ला – साउने (जनै) पूर्णिमा जिल्लाभर धुमधामसाथ धामी नाच्ने क्रम जारी छ। धामी झाँक्री नाच्ने र पुजापाठ गरेर पूर्णिमा मनाइएको हो।

पूर्णिमाको दिन देबताको माडु धामी झाँक्री परम्परागत ऊनको बख्ख लगाउने र कपालमा पटुका बेरेर मन्दिर मन्दिरमा पुगेर नाच्ने कार्य जारी छ। एकादशीदेखि एक छाक बेलुका मात्र खाना खाँदै आएका धामी झाँक्री फुलमाला र रुद्राक्षको मालाले पनि सजिएको दृश्य निकै रमाइलो देखिने गर्छ।

सिमकोट गाउँपालिकाका ठेहे, डाँडाफया, खाद्यक, पाम्वाडा, डाँडाफया, खार्पुनाथ गाउँपालिकाको लाली पिउस, थानी, अदानचुली र ताँजाकोट गाउँपालिकाको झारमाडुमा बिहानैदेखि धामी नाच्दै पूजापाठ गर्ने क्रम बेलुकासम्म जारी छ।

धामी आफ्नो देवताको बाजाअनुसार पालैपालो नाच्ने गर्छन्। त्यसैगरि यो पूर्णिमामा बली दिने चलन पनि छ। स्थानीयले धामी झाँक्रीलाई देबता चढेको बेला बिन्ती गर्न गए घरमा राम्रो हुने विश्वास गर्ने भएकाले पुरी, दही, काँक्रो चढाउने गर्छन। धामीले पनि नाच्ने क्रम हातमा अविर निकाल्ने, मुखबाट दुध निकाल्ले, तातो उम्लेको तेल पिउने, सिंगपाती निकाल्नेजस्ता कार्य गर्छन्।

विशेष गरी कालाशिल्ता, बाडपाल, मष्टो, लुवासर, घण्टपाल, सार्की, समैजीलगायतका धामी नाच्ने गर्छन्। यो पूर्णिमा जिल्ला कै चर्चित भएको कारण घर बाहिर गएका स्थानीय घरमा आउने र टाढाटाढावाट पनि रमाइलो हेर्न र पूजापाठ गर्न पनि आउने गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?