गाजा कब्जा गर्ने इजरायली योजनाको राष्ट्रसंघमा चर्को विरोध

गाजा कब्जा गर्ने इजरायली योजनाको राष्ट्रसंघमा चर्को विरोध
+
-

इजरायलले गाजा सिटी कब्जा गर्ने योजनालाइ लिएर राष्ट्रसंघमा चर्को आलोचना भएको छ। गाजा सिटीमा आफ्नो आक्रमण विस्तार गर्ने र सिटी नियन्त्रणमा राख्ने इजरायलको योजनाका विषयमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा कडा आलोचना भएको हो।

धेरै देश र राष्ट्रसङ्घका अधिकारीहरूले इजरायलको यो कदमले जारी द्वन्द्वलाइ ‘अर्को भयावह अध्याय’ तर्फ लैजाने बताएका थिए। उनीहरूले अन्तर्राष्ट्रिय तथा मानवीय कानुन उल्लङ्घन हुने चेतावनी दिंदै यो योजनालाइ रोक लगाउनु पर्ने बताए।

प्यालेस्टिनी दूतले इजरायललाइ कडा प्रतिबन्ध लागउन माग गर्दै इजरायलले गाजामा अकल्पनीय नरसंहार गरिरहेको आरोप लगाए। यस योजनाले हमासको नियन्त्रणमा रहेका बन्धकहरूको जीवन झन् जोखिममा पार्ने र गाजामा थप विस्थापन, हत्या र विध्वंस निम्त्याउने भन्दै बेलायत, फ्रान्स, चीन, रुस लगायतका देशहरूले यसबाट पछि हट्न इजरायललाई आह्वान गरेका छन्।

राष्ट्रसङ्घका सहायक महासचिव मिरोस्लाभ जेन्काले गाजामा ‘अर्को विपद् जन्मिने’ चेतावनी दिएका थिए। उनले मानवीय सहायतासम्बन्धी अधिकारी रमेश राजासिङ्घमले त्यहाँ ‘स्पष्ट र विशुद्ध भोकमरी’ रहेको टिप्पणी गरे।

यस आलोचनाका बीच संयुक्त राज्य अमेरिकाले भने इजरायलको बचाउ गरेको छ। राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले इजरायललाई आफ्नो सुरक्षा रणनीतिबारे निर्णय गर्ने अधिकार रहेको बताइन्।

उनले आलोचकहरूले ‘हमासको प्रचारबाजीलाई सघाइरहेको’ आरोप लगाउँदै हमासले बन्धकहरू रिहा गरेमा युद्ध आजै समाप्त हुने दाबी गरिन्। उनले भनिन् ‘इजरायलमाथि नरसंहारको आरोप लगाउनु सरासर गलत र झुट हो। हमासको प्रचारमा समय खर्चिनु निरासाजनक छ।’ उनले सदस्य राष्ट्रहरूले यस बैठकको दुरुपयोग गरेको आरोपसमेत लगाइन्।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो योजनाको प्रतिरक्षा गर्दै यसले ‘हमासलाई परास्त गर्ने एकमात्र उपाय’ भएको दाबी गरे।

उनले आक्रमणले गाजा सिटीका साथै पाँच लाख विस्थापितहरू बसिरहेका शिविरहरूलाई समेत निशाना बनाउने बताए। विदेशी पत्रकारहरूसँगको भेटमा नेतन्याहूले हमासलाई ‘नवनाजीहरू’ को सङ्ज्ञा दिए।

यता, हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ यता गाजामा ६१ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ र भोकमरी तथा कुपोषणका कारण मात्रै २१७ जनाको मृत्यु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?