
काठमाडौँ – पाटनमा सोमबार ‘मतया पर्व’ मनाइएको छ। गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा सबैले आफ्नो जीवनकालमा कम्तीमा एकपटक सहभागी हुनैपर्छ भन्ने मान्यता रहेको छ।
विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ।
यो दीपंकर बुद्धको पौराणिक कथासँग सम्बन्धित छ। यस पर्वमा मतया परेड र नौ बाजा दुई प्रमुख मानिन्छ। पाटनका चारवटै अशोक स्तूप र दुई हजार बढी तीर्थस्थललाई समेट्ने मतया परेडमा धेरै भक्तजन सहभागी हुन्छन्।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी