मुुगुुमा प्रेस युनियनको सदस्यता अभियान सुुरु

मुुगुुमा प्रेस युनियनको सदस्यता अभियान सुुरु
+
-

मुगु– नेपाल प्रेस युनियन मुुगुु शाखाले सदस्यता नविरकरण तथा नयाँ सदस्यता वितरण अभियान सुुरु गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयले शुभारम्भ गरेको १०० दिने सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान अनुरुप मुगु शाखाले यो अभियान मुगु जिल्लामा शुभारम्भ गरेको हो ।

अभियान नेपाल प्रेस युनियन केन्द्रिय कार्य समितिको निर्देशन अनुसार साउन १५ गतेदेखि कार्तिक २१ गतेसम्म देशव्यापी रूपमा सञ्चालन भएको छ । त्यसै अनूूरुप नेपाल प्रेस युुनियन मुुगुु शाखाले १०० दिने सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानको शुभारम्भ गरेको नेपाल प्रेस युनियन मुुगुु शाखाका अध्यक्ष नन्द बहादुर रोकायाले बताए।

मुगु शाखाले केन्द्रको सर्कुलर अनुसार सदस्यता सम्बन्धी कार्यलाई तीव्रता दिन सदस्यता अभियान सुुरु गरी जिल्लाका क्रियाशील पत्रकारहरूलाई समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष रोकायाले बताए। अध्यक्ष रोकायाका अनुुसार यो अभियानलाई उत्साहपूर्वक सञ्चालन हुनेछ ।

सदस्यता नवीकरणसहित नयाँ पत्रकारहरूलाई युनियनमा समावेश गर्दै संगठनलाई थप व्यवस्थित ,सक्रिय,बलियो बनाउने छौ । सदस्यता अभियानले जिल्लाभित्र पत्रकारहरूको पहिचान र सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुका साथै उनले आगामी दिनमा पत्रकारको सीप विकास, सुरक्षा र अधिकारका सवालमा युनियन थप जिम्मेवार भएर अघि बढ्ने अध्यक्ष रोकायाले बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विनोद कुमार मल्लले सदस्यता अभियानले संगठनलाई बलियो बनाउने उल्लेख गरे। उनले यसको संस्थागत विकासका लागि संगठनभित्र समेटिनु जरुरी रहेकाे बताए।

यसैबीच कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनीतभएका केन्द्रीय सदस्य विनोदकुमार मल्ललाई प्रेस युुनियन मुुगुु शाखाको तर्फबाट  सम्मानसमेत गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?