नेपाली चलचित्र ‘महाभोज’ अब ओटीटीमा, ‘एमएसएम भिडियो’मा रिलिज

नेपाली चलचित्र ‘महाभोज’ अब ओटीटीमा, ‘एमएसएम भिडियो’मा रिलिज
+
-

काठमाडौँ- गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ।

अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने भएका छन्।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो।

यसको कथामा एक बैङ्कका कर्मचारीले आफूलाई आवश्यक परेको पैसा आफ्ना पितासँग माग्दा थाहा पाउँछ कि बचत रकम सहकारीमा फसेको छ। त्यसपछि सो रकमको लागि उत्पन्न हुने सङ्घर्ष, विद्रोह र सत्य खोजी नै कथाको मुख्य धारा हो।

हिमाल कडरियाको निर्माण तथा विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्याल लगायतका कलाकारको अभिनय समावेश छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?