लिजमा लिएको जग्गामा तारबार गर्न खोज्दा वकिलले कुटे पत्रकार

लिजमा लिएको जग्गामा तारबार गर्न खोज्दा वकिलले कुटे पत्रकार
+
-

जनकपुरधाम – नेपाल पत्रकार महासंघ, मधेस प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामा तारबार लगाउन थालेपछि वकिलहरुले पत्रकारहरुमाथि कुटपिट गरेका छन्।

महासंघले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित चार कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षको लागि लिजमा लिएको थियो। उक्त जग्गामा तारबार लगाउन थालेपछि मंगलबार बिहान महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बनजारालगायतका पत्रकार कुटिएका हुन्।

बार एशोसिएसन नेपाल, जनकपुरधामले महासंघ र गुठी संस्थानबीच सम्झौता भएपछि उक्त जग्गालाई पार्किङस्थलको रुपमा प्रयोग गर्न थालेपछि मंगलबार महासंघले पत्रकार सम्मेलन सकाएर उक्त जग्गामा तारबार लगाउन थालेपछि बारबाट आएका वकिलहरुले पत्रकारसँग हातपात गर्दै कुटपिट गरेका छन्।

वकिलहरुको कुटपिटबाट महासंघका अध्यक्ष बनजारा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय र अनिलकुमार निराला कुटिएका हुन्। महासचिव महतोले आफ्नो पैतालाको हड्डी भाँचेको जानकारी दिए। उनले साउन १९ गते महासंघको गुठी संस्थानसँग ४ कट्ठा जग्गाको सम्झौता भएको बताए।

उनले जेठ ७ गते गोरखापत्रमा ३ वटा जग्गाको लागि सूचना प्रकाशित भएको र विभिन्न संघसंस्थाले प्रस्ताव पेस गरेकोमा महासंघको प्रस्ताव पास भएको बताए।

महासचिव महतोले अरुले भरेको प्रस्ताव फेल भएपछि गुठी संस्थानले महासंघले जग्गा पायो भनेर साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरेको बताए। गुठीले साउन ९ गते जग्गा परेको भनेर सम्झौता गर्न पत्र पठाएकोमा साउन १९ गते सम्झौता गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?