
हुम्ला – नेपाली कांग्रेस हुम्लाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। सिमकोट गाउँपालिकाका पूर्वसभापतिसमेत रहेका स्वर्गीय अकिलबहादुर शाहीको निधन भएको र मृतक शाहीप्रति सम्झना गर्दै काँग्रेले उनको निवासमा पुगेर श्रद्धान्जली कार्यक्रम आयोजना गरेको हो।
मृतकप्रति एक मिनेट मौन धारण गर्दै उनको तस्बिरमा पूुल तथा अविर अर्पण गर्दै श्रद्धान्जली ब्यक्त गरिएको थियो। सो अवसरमा कांग्रेसा केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पठाएको शोक बक्तव्य मृतक शाहीका आफन्तलाई पढेर सुनाइएको थियो।
उक्त पत्र कांग्रेस कावा सभापति कैलाश भण्डारीले मृतकका जेठो भाइ नन्दबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए। त्यसैगरी, शाही नेपाल निजामती कर्मचारी युनियनका पूर्व जिल्ला अध्यक्षसमेत रहेका कारण कांग्रेस र निजामती कर्मचारीले संयुक्त रुपमा निकालेको शोक बक्तव्य पनि कर्मचारी युनियन हुम्लाका अध्यक्ष बिशाल बोहराले पढेर सुनाउँदै मृतकका कान्छा भाइ सिंहबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए।
श्रद्धान्जली कार्यक्रममा कांग्रेस उपसभापति बसन्त रोकाया, सचिव कृष्ण बहादुर बोहरा, महासमिति सदस्य शुशिला रोकाया, जनक शाही, नेविसंघ केन्द्रीय सदस्य नरबहादुर भण्डारी, विपी चिन्तन प्रतिष्ठानकी सभापति मधु बस्नेत शाही, पानका जिल अध्यक्ष कैलाश रोकाया, जनजाति महासंघका अध्यक्ष ताराबहादुर लामालगायतको उपस्थिति थियो। शाहीको साउन २४ गते आफ्नै घरमा निधन भएको थियो। उनी नेपाली कांग्रेस हुम्लाकी कोषध्यक्ष बबिता शाहीका जेठो काका हुन्।