भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य
+
-

वीरगञ्ज (पर्सा)- भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बुधबार बेलुका यहाँ नृत्य प्रस्तुत गरिएको छ ।

भारतको केरला राज्यमा निकै प्रख्यात मानिएको महाभारतको कथामा आधारित कथाकली नृत्यु केरलाबाट आएका नौ जना कलाकारले प्रस्तुत गरेका थिए ।

यहाँ उपस्थित मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गरेका थिए ।

“नेपाल र भारतबीच सदियौँदेखि सांस्कृतिक र भावनात्मक सम्बन्ध रहँदै आइरहेको छ”, उनले भने, “जसकारण दुवै मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । यसलाई थप सुदृढ गर्दै आपसी सद्भाव र सामजञ्यता कायम गर्न आवश्यक छ ।”

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताए। भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारत र नेपालबीच सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहँदै बताए।

“भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपालका तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरिएको छ”, उनले विगत स्मरण गर्दै भने, “दुवै मुलुकबीच भाइचारा र सांस्कृतिक आदानप्रदान हुँदै आइरहेको छ । यो निकै प्रशंसनीय कार्य हो । यस सम्बन्धलाई अझै प्रगाढ बनाउन भारत प्रतिबद्ध छ ।”

कार्यक्रम इन्डियन काउन्सिल फर कल्चरल रिलेसनको संयोजनमा भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?