घरेलु उद्योगदेखि सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिज

घरेलु उद्योगदेखि सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिज
+
-

आधुनिक सभ्यतासँगै हाम्रो जीवनयापनमा देखिएको परिवर्तन साँच्चीकै द्रुत छ। आज भइरहेका कतिपय कुराहरु केही समयमा नै ‘युजलेस’ हुन्छन्। कहिल्यै परिवर्तन हुँदैनन् जस्तो लाग्ने कतिपय कुराहरु पनि केही वर्षमै परिवर्तित भएर ‘अपग्रेड’ भइहाल्छन्।

यस्तै परिवर्तनबीच अहिले नेपालमा केक संस्कृति बढ्दो छ। नेपालको सहरी र उच्च कोटीका व्यक्तिहरुमा वर्षौंदेखि स्थान जमाए पनि ग्रामिण भेगमा समेत केकको बढ्दो प्रयोगले अहिले यो समग्र नेपालीकै संस्कृतिको अभिन्न अङ्ग बन्दै गएको त होइन भन्ने प्रश्न सुरु भएको छ।

आजको परिवर्तन र नयाँपन अपनाउनुका साथै नक्कल गर्ने परम्पराले नेपाली समाज र संस्कृतिमा स्थान नभएको केकको स्थान अहिले नचाहनेहरुका लागि समेत अपरिहार्य बनेको हो।

केही वर्षअघिसम्म केकको सीमितता थियो। एउटा निश्चित वर्गमा केक प्रचलनमा रहेको भए पनि सबैको भान्सासम्म पुग्नु अनौठो मानिन्थ्यो। शहर बजारभित्र सम्पन्न परिवारको लागि मात्र कमन लाग्ने केक अहिले गाँउघर परिवारमा एउटा सामान्य अवसरहरुमा समेत नछुट्ने ‘सगुन’ बनेको छ।

हरेकजसो कार्यक्रम र हर्षोल्लासको पर्वमा केक प्राथमिकतामा पर्न थालेको छ। केकको परम्परा पश्चिमी राष्ट्रका लागि संस्कृति होला तर नेपालमा भने त्यसको प्रयोग पछिल्ला वर्षहरुमा मात्र व्यापक बनिरहेको हो। अहिले त आफ्नो बजेटअनुसारको अर्डर र फरक स्वाद र सजावटको भेराइटीले यसको आवश्यकता मात्र होइन, सुन्दरताका लागि र फोटो खिच्नकै लागि पनि मानिसहरुले अनिवार्य बनाइरहेका छन्।

समग्रमा विश्वव्यापी रुपमा संसारको एकछेउमा भएका परम्परा र संस्कृति विश्वको अर्को कुनामा पुग्न अहिलेको दुनियाँमा कुनै नौलो भएन। यस्तोमा केक संस्कृति नेपालको अभिन्न अङ्ग बन्दै गएकोमा कतिपयले आलोचना गर्ने गरेको भए पनि वर्तमान पुस्ताका लागि अपरिहार्य बनेको यथार्थलाई नजरअन्दाज गर्न सकिन्न।

जुलीज केक्स एण्ड पेस्ट्रीले अनलाइन प्लेटफर्मसँगै नयाँ ब्रान्च इमाडोलमा सञ्चालनमा ल्याएको छ।

घरेलु उद्योगदेखि सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिज


२२ वर्षअघि श्रीमान् ज्योति नकर्मीको प्रेरणा र हौसलाबाट एउटा सानो कोठामा सुरु भएको जुलीज केक्स एन्ड पेस्ट्रिज (Julies Cakes & Pastries) अहिले आएर एउटा सफल ब्रान्ड बनेको छ।

जुली प्रधानाङ्गले सुरु गरेको यो घरेलु उद्योग व्यावसायिक रूपमा अगाडि बढिरहेको छ। सुरुमा श्रीमान्-श्रीमती र चार जना कामदारबाट सुरु भएको यो यात्रामा अहिले धेरैले रोजगारी पाएका छन्।

जुलीले आफ्नो मेहनत, ग्राहकको माया र उत्पादनको गुणस्तरलाई सबैभन्दा महत्त्वपूर्ण मान्छिन्। उनी भन्छिन्, ‘ग्राहकको रोजाइअनुसार गुणस्तरीय उत्पादन दिन पाउँदा मलाई धेरै सन्तुष्टि मिल्छ।’

बजारमा जताततै खुलेका बेकरी र केक पसलहरूको गुणस्तर, मूल्य र सरसफाइमा सरकारी निकायबाट अनुगमन र निगरानी भएमा उपभोक्ताले स्वस्थकर उत्पादन पाउन सक्ने कुरामा उनी जोड दिन्छिन्।

जुलीका अनुसार ठूला होटलका महँगा उत्पादनहरू सबै वर्गका नेपालीको पहुँचमा हुँदैनन्, त्यसैले सबैका लागि सुलभ मूल्यमा उत्पादन दिनु उनको ब्रान्डको विशेषता हो।

जुलीज केक्स एन्ड पेस्ट्रिजको कुपण्डोलस्थित मुख्य आउटलेट राम्रैसँग चलेको छ। तर, काठमाडौँ, भक्तपुर र ललितपुरबाट माग बढ्दै गएपछि खोलिएको लैनचौरको अर्को आउटलेट भने कोरोना महामारीका कारण बन्द गर्नुपरेको थियो, जसबाट केही नोक्सान पनि बेहोर्नुपर्‍यो।

जुलीले आजबाट आफ्नो तेस्रो शाखा इमाडोलमा खोलेकी छन्। ग्राहकको बढ्दो माग, बजारको विस्तार र फ्याक्ट्रीनजिक भएकाले ताजा र छिटो सेवा दिन यो शाखा खोलिएको उनले बताइन्।

होम डेलिभरीको सुविधा भए पनि धेरै ग्राहक अर्डर गर्न पसलमै आउने गर्छन्, जसबाट उनीहरूले प्रत्यक्ष रूपमा प्रतिक्रिया पाउँछन् र व्यवसायलाई थप व्यवस्थित गर्न मद्दत मिल्छ।

जुली आफ्नो व्यवसायमा दक्ष जनशक्ति, नयाँ प्रविधि, र पर्याप्त प्राविधिक ज्ञानका साथ अगाडि बढिरहेकी छन्।

साथै फुडमाण्डु, मुन्चा, ठमेल डटकमजस्ता प्लेटफर्महरूसँगको साझेदारीमा बिक्री वितरण गर्दै आएको छ। जुली प्रधानाङ्गले आफ्नो व्यवसाय इ–कमर्स क्षेत्रमा पनि अघि बढाउने बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?