आयुर्वेद उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै

आयुर्वेद उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै
+
-

हुम्ला – हिमाली जिल्ला हुम्लामा आयुर्वेद उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको छ। सबै खाले रोगको उपचार गर्दा औषधीहरु निशुल्क पाउने र अन्य असर नपर्ने जानकारी पाइने भएपछि बर्षेनी आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी आउने क्रम बढ्दै गएको हो।

सिमकोट गाउँपालिका – ५ की बाथ रोगकी बिरामी लालकला बोहराले आफुले पछिल्लो एक वर्षदेखि नियमित रुपमा आयुर्वेद उपचार पद्धति गरि रहेको बताइन्। जिल्ला अस्पताल धाउदा धाउदा घुँडा दुख्ने समस्या समाधान नभएपछि आयुर्वेद स्वास्थ्य केन्द्रमा जान सुरु गरेको र अहिले केही राहत महशुस भई रहेको उनको भनाई छ। सेवा चाँडो पाउने, औषधी निशुल्क उपलब्ध हुने र आयुर्वेद औषधी गर्दा अन्य असर पनि नदेखिने भएको कारण आफुले यो बिधि रोजेको उनले बताइन्।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८१।०८२ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा बढी बिरामी आएको केन्द्रकी प्रमुख एवं चिकित्सक चाहाना शर्माले बताईन। सो आर्थिक वर्षमा केन्द्रमा सिमकोट शाखामा मात्र चार हजार २३३ जनाले सेवा लिएको बताउदै यसमा महिला दुई हजार ३५ जना र दुई हजार १९८ जना पुरुष रहनु भएको उनले जानकारी दिईन। यसमा अन्य छ वटा गाउँपालिकाका केन्द्रमा गरिएको उपचारको संख्या जोडिएको छैन। आव ०८०।०८१ मा तीन हजार ४३२ जना बिरामीले उपचार सेवा लिएका थिए। त्यसैगरी ल्याव सेवा ४३३ जना दिएर दुई हजार १६५ ल्याव टेष्ट गरिएको थियो।

पूर्वकर्म पञ्चकर्म सेवा २२७ जना, योग सेवा २०१ जना र ज्येष्ठ नागरिक सेवा ९७१ जनालाई प्रदान गरिएको थियो। स्तनपायी आमाहरुलाई स्तन्य वर्धक औषधी १७९ जनालाई बितरण गरिएको थियो। गाउँघर शहरी क्लिनिक तथा नसर्ने रोग ब्यवस्थापन कार्यक्रमबाट ५१८ जना बिरामी लावान्भित हुनु भएको थियो। ५२५ जना बिधार्थीहरुलाई विद्यालय आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको थियो।

आयुर्वेद तथा योग सम्बन्धी निशुल्क शिबिरबाट एक हजार १९ जनालाई सेवा प्रदान गरिएको थियो भने स्वस्थ्य जीवनशैली सम्बन्धी सेवा ५३ जनालाई प्रदान गरिएको थियो। आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिशेष गरी आमवात, सन्धिवात, अम्लपित्त, श्वासप्रश्वास, छालासम्बन्धी रोग, पिसाव एवं स्त्री प्रसूतिसम्वन्धी रोग, मलद्वारसम्बन्धी समस्या, उच्चरक्त चाप, मधुमेह, बाथ लगाएतका रोगका बिरामीहरुको उपचार गरिएको उनले बताए। सो उपचार पद्धतिमा बिशेष गरि साठी वर्षभन्दा माथिका बिरामी बढी जाने गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?