
हुम्ला – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा नयाँ आवासीय सुविधासहितको विद्यालय भवन निर्माण गरिएको छ। एक वर्ष अवधि लगाएर तीन वटा भवन निर्माण कार्य सम्पन्न भई हाल विद्यालय समेत सञ्चालनमा आएको हो।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीको हल्जी गाउँमा सुविधा सम्पन्न तीन वटा दुई तले सुनखानी आविको विद्यालय भवन निर्माण भएको बताए। दुई वटा भवनमा पठनपाठन हुने गरेको छ भने एउटामा भने होस्टेल सञ्चालन भएको छ। भवन पुर्ण रुपमा निर्माण भएर सचालनमा आएको छ। नयाँ भवन निर्माण भएसंगै पहिलेको विद्यालय भवन खाली गरिएको छ। सो भवन पहिरोको पनि जोखिममा रहेको थियो भने साना बिधार्थीहरुलाई समेत उकालो पनि चढ्नु पर्ने बाध्यता थियो। उक्त भवन अमेरिकाको आर्थिक सहयोगद्धारा सञ्चालीत आत्मीय नेपाल संस्थाले निर्माण गरेको हो। भवन निर्माणका लागि तीन करोड लागत लागेको छ।
भवन निर्माणसंगै पठनपाठन मात्र सुरु भएको छैन विद्यालयमा अध्ययनरत ३० जना कक्षा एकदेखि सातसम्मका बिधार्थीहरुको आसावीय ब्यवस्था समेत सुरु भएको विद्यालयका शिक्षक बिकल तामाङले बताउनुभयो। बालबिकासमा अध्ययनरत बिधार्थीहरु भने साना भएको कारण पढाई पछि बेलुका घरमा जाने गर्दै आएका छन। यसअघि उक्त विद्यालयमा बिहानका खानाको ब्यवस्था बिधार्थीहरु र शिक्षकका लागि अभिभावकले पकाउने सहित पालो लगाएर खुवाउने ब्यवस्था गर्दै आएकोमा नयाँ भवनमा सरेपछि खाने बस्नेको ब्यवस्था पनि आत्मीय नेपाल गर्दै आएको छ।
अब लिमीको सो विद्यालय पुर्ण रुपमा आवासीय भएको छ। विद्यालयलाई आवश्यक पर्ने फर्निचरको ब्यवस्था पनि उक्त संस्थाले नै निर्माण गरेको हो। विद्यालयमा आवासीयको ब्यवस्था मात्र आत्मीय नेपालले नगरि तीन जना शिक्षकको पनि ब्यवस्था गरेको छ। बालबिकास सहजकर्ता सहित पाँच जना शिक्षक भने सरकारी रहनु भएको छ।
त्यसैगरि छात्रा छात्राका लागि छुट्टा छुट्टै शौचालयको पनि निर्माण पश्चात प्रयेगमा आएको छ भने खानेपानीको धारा समेत नयाँ निर्माण गरिएको छ। विद्यालयलाई आवश्यक पर्ने सवै संरचना निर्माण भई सकेपछि अब आगामी शैक्षिक सत्रबाट कक्षा आठसम्म पठनपाठन सुरु गर्ने तयारीमा विद्यालय रहेको छ भने सो विद्यालयलई भविष्यमा मावि संचालन गर्ने लक्ष्य रहेको छ। सामुदायीक विद्यालय भएपनि सबै सुबिधा पुगेको कारण दुर्गमको उक्त विद्यालय शहरका विद्यालयमा हुने सुविधा भन्दा कमी रहेको छैन। आत्मीय नेपालले पनि यो सहयोग लामै समयसम्म जारी राख्ने जनाएको छ।