दोस्रो विद्यालयस्तरीय राष्ट्रिय नाटक उत्सव हुँदै

दोस्रो विद्यालयस्तरीय राष्ट्रिय नाटक उत्सव हुँदै
+
-

काठमाडौं – अक्षरा स्कुलले ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने विद्यालयलाई लक्षित गर्दै आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय विद्यालयस्तरीय पाँच दिने नाटक महोत्सवको तयारी पूरा भएको छ।

‘लालाबाला’को सहकार्यमा आगामी भदौ २ गतेदेखि ६ गतेसम्म काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’ मा हुने महोत्सवमा देशभरका गरी १५ वटा विद्यालयका विद्यार्थी सहभागी हुने आयोजक अक्षरा स्कुलले जनाएको छ।

पछिल्लो समय निजी विद्यालयले नाट्य विधालाई प्राथमिकता दिँदै आएका छन्। अक्षरा स्कुलले पनि आफ्नो स्थापनाकालदेखि नै नाट्य विधालाई कक्षाकोठामा भित्र्याएर विद्यार्थीलाई अभिनयात्मक प्रस्तुति गराउँदै आएको छ। यसअघि अक्षरा स्कुलकै अभि थिएटरमा ‘अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ आयोजना गरिएको थियो जसमा विभिन्न बाह्र देशका नाटक मञ्चन भएका थिए।

आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईका अनुसार अक्षरा स्कुलले स्थापना कालदेखि नै सिपमूलक र संस्कारयुक्त शिक्षामा थिएटरलाई समावेश गर्दै आएको छ। अक्षरा स्कुलले नाट्यकला र शिक्षाको संयोजनमार्फत् विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, संवादकला र समूहमा काम गर्ने क्षमता विकास गर्ने उद्देश्य राख्दै महोत्सव सञ्चालन गरिएको निर्देशक भट्टराईले बताइन्।

महोत्सवजस्ता साहित्यिक विधाका गतिविधिले विद्यार्थीलाई पुस्तक मात्र होइन, जीवनका वास्तविक परिस्थितिसँग पनि जोड्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो। उनले नाटकलाई शिक्षाको अविभाज्य अङ्गका रूपमा विकास गर्न विद्यालयहरूबीच सहकार्य आवश्यक रहेकाले पनि यो महोत्सवको आयोजना गरेको उल्लेख गरिन्।

‘नाटकले नेपाली भाषामा संवाद गर्दा विद्यार्थीमा स्वर, लय र उच्चारणको अभ्यास हुने, कथनशैलीअनुसारको अभिनयात्मक प्रस्तुतिले भाव–भङ्गिमाका साथै शारीरिक चेष्टामा निखारता आउने भएकाले नाटक विद्यार्थीलाई अत्यन्तै उपयोगी विधा हो,’ उनले भनिन्, ‘नेपाली संस्कृति, परम्परा, लोककथा र ऐतिहासिक प्रसङ्गलाई नाटकले जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले विद्यार्थीले आफ्नो मौलिकताका साथै कला–संस्कृतिको अध्ययन गर्ने र गर्व गर्ने अवसर पाउँछन्। साथै नाटक समूहगत क्रियाकलाप भएकाले विद्यार्थीमा सामाजिक कार्य, समन्वय र आपसी सम्मान गर्ने संस्कारको विकास गर्न सकिन्छ र जिम्मेवारी बाँडफाँट तथा नेतृत्व क्षमतासमेत बढ्छ।’

महोत्सवका निर्देशक टंक चौलागाईंले पन्ध्र अनुभवी रङ्गकर्मीका नाटक एउटै मञ्चमा हेर्न पाउनु उत्साहजनक रहेको बताए। सहभागी विद्यालय र विद्यार्थीहरूलाई यस्तो अवसरले उनीहरूको कलात्मक क्षमतामा अझ निखार ल्याउने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी विद्यालयहरूले सामाजिक मुद्दा, वातावरण संरक्षण, समानता, बालअधिकार, धर्मसंस्कृति संरक्षणलगायत विषयमा आधारित मौलिक तथा रूपान्तरित नाटक मञ्चन गर्नेछन्।

नाट्य उत्सवमा लामो समयदेखि विद्यालयहरुमा अभिनय प्रशिक्षण दिइरहेका क्रियाशील रङ्गकर्मीहरु सामेल हुने भएका छन् जसमा रामबाबु रेग्मी, दीपा बस्नेत, प्रभाकर न्यौपाने, राम केएसी, मन्जु गिरी, पुष्पराज अवस्थी, प्रतीक दुलाल, सुरज तमु, सागर कान्छो, शिवराम अर्याल, निर्मल साउद, बंसरी पान्डे, प्रकाश दाहाल, टंक चौलागाईंजस्ता चर्चित रङ्गकर्मीहरू रहेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?