अझै खुलेन छायाँनाथ राराको ताला

अझै खुलेन छायाँनाथ राराको ताला
+
-

मुगु – वुधवार नगरपालिकामा वडा अध्यक्षहरुले लगाएको ताला अझै खुलेको छैन। विहीवार विहान ९ बजे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको सहजीकरणमा बसेको नगरपालिका र वडाध्यक्षहरुको संयुक्त बैठकमा वडाध्यक्षहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत जिल्लामा नआएसम्म लगाइएका ताला नखोल्ने अडान लिएका थिए।

कर्णाली प्रदेश स्थानिय सेवा (गठन तथा सन्चालन)ऎन २०८१ दफा १४ ९१० र स्थानिय सेवा९गठन तथा संचालन० नियमावली २०८१ को नियम ११ ९१० ले संघीय र प्रदेश ससर्त बजेटबाट निउक्त वा स्थानिय सरकार संचालन ऎन २०७४ दफा ८३ ९८० मा तोकिएका पदमा नियुक्त करार कर्मचारीबाहेक कुनै व्यक्तिलाइ ज्यालादारी वा करारमा निउक्ती गर्न नपाइने यदि गरेमा निउक्त गर्ने वा म्याद थप गर्ने अधिकारिबाट असुल उपर गरिने बताइएपछी अहिले कर्णालीका स्थानिय तहहरुले धमाधम करार कर्मचारीहरुको म्याद थप नगरी हटाउदै लगेका छन्।

मुगु जिल्ला स्थित छायानाथ रारा नगरपालिकाले पनि गत १५ गते सुचना प्रकाशित गर्दै करार तथा ज्यालादारी कर्मचारीहरु को म्याद थप नगरी हटाएको थियो।

करार कर्मचारी हटाउदा कुनै मापदण्ड नबनाइ आफ्नो इच्छा अनुसार मन परेको, आफ्नो नातागोता,आफ्नो आस्था र गुट हेरेर नगर प्रमुख विष्नु कुमार भाम र प्रमुख प्रशासकिय अधिकृत सुर्य प्रसाद गौतमले म्याद थप गरेको र १७ औ नगरसभा पनि कुनै विधि भित्र नरहेर छलकपड गरेर संचालन गरेकाले मापदण्ड बनाएर करार कर्मचारि को राख्ने को हटाउने निर्णय गर्नुपर्ने नेपाली काङ्ग्रेस मुगुका कावा सभापति एवं वडा न ८ का वडा अध्यक्ष कर्णबहादुर रावल बताउँछन्।
वडाध्यक्षहरुले वुधवारबाट नगरपालिकाको कार्यालयमा ताला लगाएर पछि अहिले नगरपालिका ठप्प छ त्यहाबाट कुनै सेवाहरु प्रवाह हुन सकेका छैनन्।

वडा अध्यक्षहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आए मात्र सार्थक बार्ता गर्ने र त्यतिन्जेल लगाइएका ताला नखोल्ने अडान लिएपछी नगरप्रमुख भामलाई फोन गर्दा २र३ दिनमा आफू जिल्लामा फर्कने बताउनु भएको नगर उपप्रमुख ऎश्वर्या मल्लले जानकारी गराए।

छायानाथ रारा नगरपालिकामा रहेका १४ वडा मध्य ११ वडाका वडा अध्यक्षहरुले नगर प्रमुखले १७ औ नगरसभा छलकपड गरेर सम्पन्न गरेको,प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखको मिलेमतोमा विना मापडण्ड होचुवाको भरमा करार कर्मचारी हटाएको र वडामा कार्यरत सरुवा भएका वडा सचिवलाइ बुझबुझारत नगराइ मिलेमतो मै रमाना दिइ पठाएको आरोप लगाउदै बुधबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?