
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबिचको बहुप्रतिक्षित वार्ता स्थानीय समय अनुसार शुक्रबार साँझ हुँदै छ। दुइ नेताबीच ७ वर्षपछि हुन लागेको भेट रसियाले युक्रेनमा पूर्ण स्तरको आक्रमण सुरु गरेपछिको पहिलो पटक हुन लागेको हो।
ट्रम्प र पुटिनबिच अलास्काको सर्वाधिक ठुलो सहर एंकरेजको एलमेन्डार्फ-रिचर्सन मिलिट्रि बेसमा वान टु वान वार्ता हुने छ। यि दुइबिच केवल एकजना अनुवादक साथमा हुने छन्।
दुइबिच के कुरा हुने छ भन्ने विषयमा यसको पूर्ण विवरण सार्वजानिक गरिएको छैन्। छलफलपछि दुइ नेताले पत्रकार सम्मेलन गर्ने जनाइएको छ। तर मुख्य एजेन्डा रसिया-युक्रेन युद्ध रोक्ने नै हुने छ। तर युक्रेनको प्रतिनिधित्व विना ट्रम्पले रसियासँग वार्ता गरिरहँदा युक्रेनमा भने शंसकीत छ।
यसै सैन्य बेसमा ५४ वर्षअघि १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले जापानका राजा हिरोहितोसँग एतिहासिक वार्ता गरेका थिए। दोस्रो विश्ययुद्ध पछि द्विपक्षीय सम्बन्ध सुधारमा एतिहासिक मानिएको आलास्का वार्ताले जापानको बढ्दो विश्वव्यापी भूमिकालाई अमेरिकाले स्वीकार गरेको थियो।
साथै यो वार्ता पछि अमेरिका र जापानबीचको सम्बन्ध आर्थिक र राजनीतिक रुपमा अझ गहिरो हुनु पर्छ भन्ने सन्देश दिइएको थियो। यो जापानको कुनै पनि सम्राटले अमेरिकी भूमिमा गरेको पहिलो भ्रमण समेत थियो।
त्यही एतिहासिक भुमिमा हुन लागेको पुटिन र ट्रम्पबिचको भेट कति अर्थपूर्ण हुने छ भन्ने कुरामा भने अहिले विश्वको नजर अडीएको छ।
८८ किलोमिटर पर रुसी जेट तैनाथ, पुटिनले पानी पनि आफ्नै पिउने, यस्तो हुने छ सुरक्षा घेरा
पुटिन अलास्का आइपुग्नुभन्दा पहिल्यै उनको बख्तरबन्द गाडी ‘अरस सेनेट’ रुसी मालवाहक विमानमार्फत सैन्य अड्डामा पुगिसक्ने छ। बैठकमा प्रयोग हुने पानीका बोतल र कपहरू पनि पुटिनकै टोलीद्वारा सिलबन्दी गरिने छ।
अलास्काबाट केवल ८८ किलोमिटरको दूरीमा रहेको आनादिरमा रुसी लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको छ। पुटिनसँग उनको विशेष सुरक्षा दस्ता ‘एफएसओ’ (फेडरल प्रोटेक्टिभ सर्भिस) को टोली पनि आउने छ। यही एजेन्सीले पुटिनको हरेक विदेश भ्रमणलाई सुरक्षा प्रदान गर्द छ। ‘आइस फोर्ट्रेस’ अर्थात् ‘हिउँको किल्ला’ भनेर चिनिने यो सैन्य अड्डामा पहिलेदेखि नै ३२ हजार अमेरिकी सैनिकहरू तैनाथ छन्। ट्रम्पको सुरक्षा नियमावलीअनुसार ‘कीहोल (केएच-११)’ नामक जासुसी स्याटलाइटहरु पनि सक्रिय रहने छन्। साथै, साइबर सुरक्षाका लागि अड्डाको पूरै नेटवर्कलाई ‘एयर-ग्याप’ अर्थात् इन्टरनेटबाट पूर्ण रूपमा अलग राखिने छ।
त्यहाँको ३०० किलोमिटरको सम्पूर्ण दायरामा उडान निषेधित क्षेत्र (नो-फ्लाई जोन) लागू हुने छ। सैन्य अड्डाभित्र र बाहिर दोहोरो तहको सुरक्षा घेरा हुने छ। पहिलो घेरामा सैन्य प्रहरी र नेशनल गार्ड रहनेछन् भने दोस्रो घेरामा विशेष सुरक्षा बल (स्पेशल फोर्सेज) र गोप्य सेवाको ‘काउन्टर-असल्ट’ टोली तैनाथ हुने छ। ट्रम्प सवार ‘एयर फोर्स वान’ विमान अवतरण गरेलगत्तै पूर्ण-समय सैन्य निगरानीमा रहने छ।
७ दिनअघि बनेको थियो ट्रम्प-पुटिन भेटवार्ताको योजना
सन् २०२२ देखि जारी रुस-युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी अगाडि बढाउन ट्रम्प र पुटिनले भेटवार्ता गर्ने चर्चा पहिले देखी चलेपनि यो भेटको लागि समति भने छोटो समयमा भएको थियो।
सन् २०२३-२४ को राष्ट्रपतीय चुनाव प्रचारका क्रममा ट्रम्पले पटक-पटक आफू राष्ट्रपति बनेको २४ घण्टाभित्रै रुस-युक्रेन युद्ध रोक्ने वाचा गरेका थिए। तर, उनी राष्ट्रपति बनेको ६ महिनाभन्दा बढी भइसक्दा पनि यो वाचा पूरा हुन सकेको छैन।
उल्टै, रुसले युक्रेनमाथिको हवाई हमला झनै तीव्र बनाएको छ। यसबाट रुष्ट बनेका ट्रम्पले रुसलाई शान्ति सम्झौतामा वार्ता गर्न ५० दिनको समय दिएका थिए। तत्काल युद्धविराममा सहमति नभए अमेरिकाले थप कडा प्रतिबन्ध लगाउने चेतावनी पनि उनले दिएका थिए। यो समयसीमा अगस्ट ८ मा समाप्त भइसकेको छ।
समयसीमा सकिनुभन्दा दुई दिनअघि, अर्थात् अगस्ट ६ मा, अमेरिकी विशेष दूत स्टिभ विटकफले मस्कोमा पुटिनसँग भेट गरेका थिए। यही भेटपछि नै ट्रम्प र पुटिनबीचको भेटवार्ताको योजना बनेको हो। अगस्ट ८ मा ट्रम्पले उक्त भेटको घोषणा गरेका थिए।
यो भेटवार्तापछि तत्काल युद्धविरामको आशा भने गरिएको छैन। ह्वाइट हाउसले पनि तत्काल युद्धविरामको सम्भावनालाई नकार्दै भनेको छ, ‘यो बैठकको मुख्य उद्देश्य युक्रेन युद्धलाई कसरी समाप्त गर्न सकिन्छ भन्ने सम्भावित उपायहरू खोजी गर्नु हो।’
ट्रम्प र पुटिन अलास्कामै किन भेट्दैछन्?
बीबीसीका अनुसार, ट्रम्प र पुटिनले अलास्कामा भेट्नुको सबैभन्दा ठूलो कारण सुरक्षा हो। अलास्काको मुख्य भूमिबाट रुसको चुकोटका क्षेत्र केवल ९० किलोमिटर टाढा छ। यसले गर्दा पुटिन कुनै पनि ‘दुश्मन’ देशको आकाश प्रयोग नगरी त्यहाँ पुग्न सक्छन्।
यस क्षेत्रमा रुसका केही वायुसेनाका अखडाहरू र सैन्य निगरानी केन्द्रहरू पनि छन्, जहाँ आणविक हतियारसमेत हुन सक्ने अनुमान छ। त्यसैले पुटिनका लागि यो ठाउँ भेट्नका लागि बढी सुरक्षित मानिन्छ।
दोस्रो कारण दूरी हो। अलास्का युक्रेन र युरोपबाट निकै टाढा छ। त्यसोत पुटिन आफ्नो सोचमा अटल छन्। उनले पटक-पटक युरोपसँग वार्ता नगर्ने र सिंधै अमेरिकासँग वार्ता गर्ने बताएका छन्। उनको यो सोचसँग ट्रम्पको महत्वकांक्षा समेत मेल खाने भएकाले भेट सम्भव भएको हो। किनभने पुटिन युक्रेन र युरोपेली संघका नेताहरूलाई बीचमा नराखी सीधै अमेरिकासँग कुरा गर्न चाहन्छन्। जुन चाहना ट्रम्पको पनि हो। किनकी उनी शान्ति सम्झौता भएमा त्यसको एकल जस लिन चाहन्छन्। उनको लक्ष्य नोबेल शान्ति पुरस्कार हात पार्नु रहेको छ।
आलास्कामा पुटिनलाई कुनै खतरा छ?
एक भूतपूर्व सैन्य जेनेरलका अनुसार यो बैठक अमेरिकी राष्ट्रपति ट्रम्पको पहलमा भइरहेको र अमेरिकाले सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले अलास्कामा पुटिनको सुरक्षामा कुनै जोखिम देखिंदैन। यदि पुटिनको सुरक्षामा अमेरिका चुकेमा अमेरिका-रुस सम्बन्धको भविष्यका लागि मात्र नभई रुस-युक्रेन युद्धका लागि पनि खतरनाक हुन सक्छ। भने तेस्रो विश्वयुद्धको औपचारिक सुरुवातसमेत हुनेछ।
अमेरिकी भूमिमा बैठकका लागि सहमत हुनुअघि रुसले पुटिनको सुरक्षाको ग्यारेन्टी मागेको छ। त्यसोत पुटिन चतुर छन्। उनी अमेरिकी जालमा फस्ने मूर्ख नेता हैनन्। युरोपेली संघ वा अन्य कुनै सुरक्षित ठाउँमा जानुको सट्टा अमेरिका जान तयार हुनुले पुटिन अमेरिकासँग सम्बन्ध सुधार्न चाहन्छन् भन्ने संकेतका रूपमा पनि हेर्न सकिन्छ। साथै उनी ट्रम्पसँग खुलमखुला वार्ता गर्न र आफ्ना एजेन्डाहरु स्पष्ट रुपमा राख्न माहिर मानिन्छन्।