
हुम्ला – सदरमुकाम रहेको सिमकोट गाउँपालिका– ५ का वडाध्यक्ष चीनबहादुर रावतले विद्यालयको वार्षिक उत्सव मनाउन ४० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्। उनी बालमन्दिर माध्यमिक विद्यालय ब्यवस्थापन समितिको सदस्यसमेत रहेको र शुक्रबार बसेको समितिको बैठकमा उनले सो जानकारी गराएका हुन्।
सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयले आफ्नो ३८ औं बार्षिक उत्सव आगामी भदौ २० गते एक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ।
समितिको वैठकले बार्षिक उत्सव मनाउने निर्णय गरेको हो। सो कार्यक्रम मनाउन वडा अध्यक्ष रावतले चालीस र विद्यालय ब्यवस्थापन समितिका सदस्य निता बोहराले पाँच हजार सहयोग गर्ने बैठकमा जनाएका थिए। कम खर्च र भट्किलो रहित तरिकाले विद्यालयके बार्षिक उसव मनाउने निर्णय विद्यालय ब्यवस्थापन समितिको वैठकले गरेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए।
प्रतियोगिता विद्यालयका विद्यार्थीहरुविच दश वटा इभेन्टमा छात्र र छात्राका खेलकुदका प्रतियोगिता सञ्चालन गरिनेछ। त्यसैगरी सदनात्मक प्रतिश्प्रर्धा हुने गरि साँस्कृति प्रतियोगिता पनि आयोजना गरिनेछ। त्यसैगरि बैठकले आव ०८१।०८२ को यथार्थ खर्चका बिबरण पारित गरेको छ भने आगामी आर्थिक वर्षको अनुमानित बजेटसमेत प्रस्तााव गरेको छ।
समितिका अध्यक्ष धर्मराज बोहराको अध्यक्षतामा वसेको बैठकमा समितिका सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष गोर्ख बोहरा, शिक्षक र विद्यार्थीको उपस्थिति थियो।