सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ
+
-

झापा- सुनसरी कारागारबाट पर्खाल नाघेर भागेका एक कैदी झापाबाट पक्राउ परेका छन्। जबर्जस्ती करणीको कसूरमा सजाय भोगिरहेका २८ वर्षीय रुपक पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, झापाबाट खटिएको प्रहरी टोलीले खोजतलाशकै क्रममा बिर्तामोड नगरपालिका–१०, विराटपोखरबाट लुकिछिपी बसिरहेको अवस्थामा उनलाई आज बिहान ६ बजे पक्राउ गरेको हो।

पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट फरार भएका थिए। उनलाई सम्मानित जिल्ला अदालत, सुनसरीले जबर्जस्ती करणीको कसूरमा १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो।

पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?