
हुम्ला – कर्णाली करिडोरअन्तर्गत पर्ने सिमकोट खार्पु सडक बन्द गरिएको छ। सो खण्डमा पर्ने मैनागाडा सडक पहिरोले पुरिएपछि यसको स्तरोन्नति सुरु भएपछि पुनः यातायात सेवा बन्द गरिएको हो।
सिमकोट–खार्पु सडकमा यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्ण्ुाबहादुर श्रेष्ठले बताए। सो खण्डको मैनागाडामा सडकको स्तरोन्नति गर्ने क्रममा गत साउन ९ गते बेलुका पचास मिटर माथिबाट पहिरो आएपछि सडक भत्किने र पुरिएपछि बीचमा केही दिन यातायात सेवा सुचारु गरिए पनि शनिबारबाट पूनः सडक निर्माण कार्य सुरु गरिएपछि याातायात सेवा बन्द गरिएको होे।
यातायात सेवा अबरुद्ध भएपछि यात्रुहरु पैदल हिँड्नुपरिरहेको छ। नेपालगंज र सुर्खेतबाट आएका यात्रु सिमकोट गाउँपालिका–५ को मेल बिसौनाबाट पैदल हिँडेर आउने गरेको चालक पुरन रावतले बताए।