भारत-अमेरिकाको व्यापार वार्ता अवरुद्ध, अमेरिकी टोली आएन भारत

भारत-अमेरिकाको व्यापार वार्ता अवरुद्ध, अमेरिकी टोली आएन भारत
+
-

भारत र अमेरिकाबीच हुन लागेको द्विपक्षीय व्यापार सम्झौता (बीटीए) सम्बन्धी वार्ता स्थगित भएको छ। अमेरिका र भारतबिच अगस्ट २५ देखि २९ सम्म भारतमा हुने तय भएको वार्ता अमेरिकी टोली नआउने भएपछि स्थगित हुने पक्का भएको हो।

यसअघि यो सम्झौताका लागि पाँच चरणको वार्ता सम्पन्न भइसकेको छ। छैटौं चरणका लागि अमेरिकी टोली भारत आउनुपर्ने थियो। तर अमेरिका र भारतबीच पछिल्लो समय चलेको ट्यारिफ युद्धका कारण अमेरिकी वार्ता टोली भारत नआएको हो।

यसभन्दा अघि, अगस्ट ६ मा अमेरिकाले भारतमाथि समग्रमा ५०% भन्सार शुल्क लगाउने निर्णय गरेपछि अमेरिका र भारतबीचको सम्बन्ध चिसिएको छ। अमेरिका कृषि र डेरी क्षेत्रका उत्पादनलाई आफ्नो बजारमा अझ बढी प्रवेश दिन भारतसँग माग गरिरहेको छ, तर भारतले यसलाई अस्वीकार गरिरहेको छ।

भारतले स्पष्ट रूपमा किसान र पशुपालकहरूको हितमा कुनै सम्झौता नगर्ने बताउँदै आएको छ। दुवै देशले आगामी सेप्टेम्बर-अक्टोबर २०२५ भित्र बिटिएको पहिलो चरण सम्पन्न गर्ने योजना बनाइरहेका छन्। तर उनीहरुको यो योजनामा धक्का लाग्ने देखिएको छ।

डेरी उत्पादनबारे भारत–अमेरिका बीच विवाद

अमेरिका चाहन्छ कि भारतमा उसको डेरी उत्पादनकहरूले सहज पँहुच प्राप्त गरुन। अमेरिका दूध, पनीर, घ्यू लगायत अमेरिकि डेरी प्रोडक्ट भारतमा आयात गर्न अनुमति दिइयोस्। तर भारत विश्वकै सबैभन्दा ठूलो दूध उत्पादक देश हो र यस क्षेत्रमा करोडौँ साना किसानहरूको रोजगारी यही पेशासँग जोडिएको भन्दै अमेरिकी डेरी प्रोडक्टलाइ भारत प्रवेश गर्न दिन मानिरहेको छैन। अमेरिका भने अर्बै डलरको भारतीय बजार प्रवेश गर्ने प्रयासमा छ।

भारत सरकारलाई आशंका छ कि यदि अमेरिकी डेरी उत्पादन भारतमा ल्याइए भने यसले स्थानीय किसानलाई ठूलो क्षति पुर्याकउन सक्ने सक्छ। यससँगै धार्मिक भावनासमेत जोडिएको यो विषय भारतको राजनीतिक मुद्दा समेत भन्ने भएकाले सरकार सम्झौता गर्न सक्ने अवस्थामा छैन।

अमेरिकामा गाईलाई राम्रो पोषण दिन जनावरको हड्डीबाट बनेका इन्जाइम (जस्तै रेनेट) खुवाइन्छ। भारतमा भने यस्तो गाईको दूधलाई ‘नन-भेज मिल्क’ अर्थात् मांसाहारी दूध भन्दै यस्तो दुधको प्रयोगले धार्मिक भावनामा गहिरो आघात पुग्ने भन्दै कडा टिप्पणी हुने गरेको छ।

भारतको भनाइ किसानको हितमा कुनै सम्झौता हुँदैन

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘स्वदेशी’ उत्पादनलाई प्रोत्साहन गर्ने र किसान, माछापालक तथा पशुपालकको हितको रक्षा गर्ने संकल्प दोहोर्याए।

उनले भने, ‘भारत आफ्ना किसान र पशुपालकको हितमा कुनै पनि सम्झौता गर्ने छैन।’ उनले अप्रत्यक्ष रुपमा अमेरिकी दबाबलाई नस्वीकार्ने बताउँदै यो घोषणा गरेका थिए।

२०३० सम्म व्यापार ५०० अर्ब डलरसम्म पुर्याउने लक्ष्य

भारत र अमेरिकाले २०३० सम्ममा हालको १९१ अर्ब डलरको व्यापार बढाएर ५०० अर्ब डलरसम्म पुर्याउने लक्ष्यमा रहेका छन्। वाणिज्य मन्त्रालयका तथ्यांकअनुसार अप्रिल-जुलाई २०२५ मा भारतको अमेरिकामा निर्यात २१.६४% बढेर ३३.५३ अर्ब डलर पुगेको छ। त्यही अवधिमा आयात १२.३३% ले बढेर १७.४१ अर्ब डलर भएको छ।

यस क्रममा अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ, जससँग १२.५६ अर्ब डलरको कारोबार भएको थियो। अप्रिलदेखि भारतको अमेरिकी बजारतर्फको निर्यात निरन्तर बढिरहेको छ।

ट्रम्प भन्छन् ‘रूसी तेल किनबेचमा अहिले प्रतिबन्ध छैन’

शुक्रबार राति अमेरिकाका राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच युक्रेन मुद्दामा अलास्कामा भेटवार्ता भयो। यस बैठकबाट दुई देशबीचको तनाव कम भएको छ। भारतमाथि थप शुल्कको दबाब घट्ने अपेक्षा भारतले गरेको छ। यो बैठकमा सम्भवत पुटिनले आफ्नो तेल निर्यातपछि अमेरिकाले तेल किन्ने मुलुकमाथि बढाएको दबाबका विषयमा पनि कुरा गरेको हुन सक्ने भारतको विश्वास छ।

ट्रम्पले सोही कुरालाइ ध्यानमा राख्दै भने, ‘यदि प्रतिबन्ध लगाउनै पर्यो भने म लगाउँछु, तर सायद त्यसो गर्नुपर्ने अवस्था नआउला।’

उनले यसो पनि भने कि भारतले करिब ४०% तेल रूसबाट किन्छ, र भारतमाथि अतिरिक्त शुल्क लगाउँदा रूसले आफ्नो ठूलो ग्राहक गुमाइसकेको उसको विश्वास छ। तर भारतले रसियाको तेल किन्न बन्द नगरेकाले अहिलेनै रसियाले ठुलो बजार गुमाएको भन्न मिल्दैन।

भारतमा कुल ५०% शुल्क

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमाथि अगस्ट ६ मा थप २५% अतिरिक्त शुल्क लगाउने घोषणा गरेका थिए। यो आदेश अगस्ट २७ देखि लागू हुने छ। कार्यकारी आदेशमा उल्लेख भएअनुसार, भारतले रूसी तेल खरिद गरिरहेको कारण यो कदम चालिएको भनिएको छ।

यसअघि, जुलाई ३० मा उनले भारतमाथि २५% शुल्क लगाउने घोषणा गरिसकेका थिए। अब भारतमाथि कुल ५०% शुल्क लागू हुने भएसँगै भारतीय सामान निर्यातमा ठुलो गिरावट देखिन सक्ने सम्भावना रहेको छ।

यस्तोमा भारत-अमेरिकाले सम्बन्ध सुधारमा खासै चासो नदेखाउँदा ट्रम्पले ब्यापार वार्तानै रोक्न पुगेका छन्। यसले भारत अमेरिकाको यो व्यापार युद्ध कहाँ गएर रोकिने हो भन्ने विषय अन्योल छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?