
मुगु – रारा पर्यटन पदमार्ग निर्माणमा संलग्न स्थानीय मजदुरले एक वर्ष बितिसक्दा पनि आफूहरूले काम गरेको ज्याला नपाएको गुनासो गरेका छन्।
सम्बन्धित पदमार्ग निर्माण कम्पनीका प्रतिनिधिसँग बारम्वार ज्याला माग्दा पछि दिने भन्दै टार्ने गरेकाे उनीहरुले बताए। छायाँनाथ रारा नगरपालिका–३ का मजदुर नन्दलाल रावलका अनुसार ठेकेदार कम्पनीले आंशिक रकम त दिएको थियो तर सम्पूर्ण ज्याला आफू लगायत करिब २ सय भन्दा बढी मजदुरको अझै भुक्तानी भएको छैन। एक बर्ष पुग्न लागि सक्यो पूरा ज्याला पाएका छैनौँ।’
स्थानीय युवा राजकुमार खड्काले भने, “दैनिक ज्याला मजदुरी गरेर पेट पाल्छौं, महिनौँसम्म पसिना बगाउँदा पनि ज्याला नपाउँदा परिवार पाल्न तथा घर खर्च चलाउन कठिन भएको छ।”