फास्टो नेपालले ल्यायो १० मिनेटमै सामान डेलिभरी सेवा

फास्टो नेपालले ल्यायो १० मिनेटमै सामान डेलिभरी सेवा
+
-

काठमाडौँ- राजधानीको व्यस्त जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ फास्टो नेपाल प्रालिले ‘एनिथिङ्ग इन टेन मिनेट’ (दश मिनेटमै जुनसुकै सामान) नारासहित १० मिनेटमै सामान डेलिभरी सेवा सुरु गरेको छ। कम्पनीले यही भाद्र १ गतेदेखि काठमाडौं उपत्यकाभित्र यो सेवा सञ्चालनमा ल्याएको हो।

यस सेवाअन्तर्गत उपभोक्ताहरूले मोबाइल एपबाट अर्डर गरेको १० मिनेटमै ताजा तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तुहरू, खेलकुद तथा सजावटका सामानहरू र अन्य आवश्यक सामग्रीहरू घरमै प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले ‘फास्टो एप’ गुगल प्लेस्टोर वा एप्पल एपस्टोरबाट डाउनलोड गरी यो सेवाको उपभोग गर्न सक्नेछन्। यसले राजधानीवासीका लागि किनमेलको अनुभवलाई अझ छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका संस्थापक सुशान्त घिमिरेले भने, “हामी बुझ्छौं कि अहिले मानिसहरूको हरेक मिनेट महत्त्वपूर्ण छ। बजार जाने, गाडी पार्किङ गर्ने, सामान खोज्ने र लाइनमा बस्ने जस्ता काममा उपभोक्ताको अनावश्यक समय खेर गइरहेको छ। हाम्रो उद्देश्य भनेको ग्राहकको यो बहुमूल्य समय बचत गराउनु हो।”

यो सेवालाई नेपालकै सबैभन्दा तीव्र डेलिभरी मोडलको रूपमा कम्पनीले दाबी गरेको छ। छिटो र प्रभावकारी सेवा प्रदान गर्नका लागि कम्पनीले काठमाडौं उपत्यकाभित्र एक विशेष वितरण सञ्जाल तयार गरेको छ, जसमा अत्याधुनिक लजिस्टिक्स प्रणाली र दक्ष डेलिभरी टिमको प्रयोग गरिएको छ।

फास्टोले गुणस्तरीय र ताजगीको ग्यारेन्टीसहित स्थानीय खुद्रा मूल्यमै २५० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका २००० भन्दा धेरै उत्पादनहरू उपलब्ध गराउने जनाएको छ। कम्पनीले किसान र उत्पादकहरूसँग प्रत्यक्ष सहकार्य गरेर उनीहरूका उत्पादनलाई सोझै उपभोक्तासम्म पुर्याउने कार्ययोजना पनि बनाएको छ। यसले गर्दा वितरण शृंखलामा मध्यस्थकर्ताहरूको भूमिका घट्ने र त्यसबाट उत्पादक तथा ७० लाखभन्दा बढी उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।

हाल काठमाडौं उपत्यकामा मात्रै सीमित रहेको यो सेवालाई निकट भविष्यमा नेपालका सबै प्रदेश र मुख्य शहरहरूमा विस्तार गर्ने कम्पनीको लक्ष्य छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?