
दाङ- घोराही उपमहानगरपालिका- ८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहले दिएको राजीनामा दुई वर्षपछि स्वीकृत भएको छ ।
शाहले वि.सं. २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई राजीनामा बुझाएका थिए ।
नगर प्रमुख चौधरीका अनुसार गत वर्ष असारमै उनले राजीनामा स्वीकृत गरे पनि सोमबार बसेको कार्यपालिका बैठकले मात्र त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको हो ।
एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदत्याग गरेका थिए । पार्टीको नीति विपरीत काम गरेको भन्दै एमालेले २०८१ माघमा शाहलाई कारबाहीसमेत गरेको थियो ।
शाहको राजीनामा स्वीकृत भएपछि जेष्ठताका आधारमा चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।